गुटबन्दीमा अल्झिँदा गर्नुपर्ने काम गर्न सकिएन ,हामी पनि उस्तै भइयो :अध्यक्ष प्रचण्ड

काठमाडौं २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु गुटबन्दीमा अल्झिँदा गर्नुर्ने काम गर्न नसकेको स्पष्ट पारेका छन् ।

आज बुधबार नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आफुहरु पनि उस्तै भएको भन्दै उनले गर्नुपर्ने काम गर्न नसकिएको स्विकार गरेका छन् ।

देश विकासको क्षेत्रमा, सामाजिक न्यायको क्षेत्रमा आफु आफ्नो पार्टीले जत्ति गनुपथ्यो त्यति गर्न नसकिएको उनले बताएका छन् ।

‘देश विकासको क्षेत्रमा, सामाजिक न्यायको क्षेत्रमा र समग्रतामा हाम्रो पार्टीले र हामीले जत्ति गर्नुपर्थ्यो, त्यो गर्न सकिएन ।’ उनले भने ।