माओवादी केन्द्रिय सदस्य राजवन्सी एमालेमा प्रवेश

हल्दिवारी ,२४ फाल्गुन । नेकपा माओवादी केन्द्र अपाङ्गता महासंघका केन्द्रिय सदस्य हल्दिवारीका युवा नेता दिल कुमार राजवन्सीले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छ्न ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट वडा सदस्यको उम्मेद्बार समेत रहेका राजवन्सी दुबै आखा देख्दैन्न तर पनि उनीले २ बिषय एमए फस्ट डिभिजनमा पास गरिसकेका छ्न ।

राजनीति ,समाजसेवाका साथै गायन क्षेत्रमा समेत अब्बल राजवन्सीले माओवादी केन्द्रले एमसिसी अनुमोदन गरेकोमा केही दिन अगाडि रोस्ट प्रकट गर्दै माओवादी संग्को आफ्नो सम्बन्ध सकिएको सामाजिक संजाल मार्फत जनाएका थिए ।
आज एक कार्यक्रम बिच एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले उनलाई पार्टीको सदस्यता दिदै खादा लगाएर एमालेमा प्रवेश गराएको बताईएको छ ।