हलिउडमा डेब्यू गर्दै आलिया भट्ट

काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन्। उनी फिल्म ‘हर्ट अफ स्टोन’ मार्फत हलिउडमा डेब्यू गर्न लागेकी हुन।

हार्परले निर्देशन गरेको फिल्म ‘हर्ट अफ स्टोन’ मा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ। आलियाले हलिउडमा डेब्यू गर्ने फिल्म नेटफ्लिक्समा रिलिज हुने भएको छ।

त्यस्तै, अहिले आलिया फिल्म ‘गंगुबाई काठियावाडी’बाट थप चर्चामा छिन्। यो फिल्मले भारतीय बक्स अफिसमा १०० करोडको व्यापारिक आँकडा पार गरिसकेको छ। आलिया अब हलिउडमा पनि देखिने भएपछि उनको चर्चा थप बढेको छ।