१८ वर्षीया मानवी सुब्बाको अनौठो व्यवसाय, महिनामै ३० हजार भन्दा बढि कमाउँछिन

काठमाण्डाैं ।

यतिबेला सानै उमेरमा केहि गरूँ भन्ने धेयले सानै बालबालिकादेखि टिनएजर युवतीहरू समेत केहि नयाँ काम गरेर सामाजमा राम्रो प्रतिष्ठा बटुल्न तिर लागेका थुप्रै उदाहरणहरू छन् ।

यस्तै यतिबेला काठमाडौंकी १८ वर्षीया मानवी सुब्बाले एउटा अनौठो व्यवसाय गरिरहेकी छिन् । जहाँ उनले सेकेन्ड ह्यान्ड फेसनका कपडाहरू सङ्कलन गरेर अरूलाई बेच्ने गर्छिन्। यति सानै उमेरमा यस्तो आइडिया लगाइन कि अरूले प्रयोग नगरिएका तर राम्रै देखिने कपडाहरू संकलन गर्ने गर्छिन् ।

ती संकलित कपडाहरू राम्रोसँग सफा गर्छिन् । अनि राम्रो व्यवस्थित तवरले पुनः प्रयोगका लागि उपयुक्त पार्न जे जे गर्नु पर्छ गर्छिन् । यति मात्रै होइन उनी आतिथ्यमा समेत अत्यधिक धेरै ध्यान दिन्छिन् र यसलाई सफा र राम्रो अवस्थामा बनाएपछि मात्र बेच्छन्। धेरैले सस्तो र सस्तो मूल्यमा फेसनल लुगा लगाउने सुविधा पाएकाले उनका कपडाहरू लगाउनेहरू पनि मख्खै छन् ।

यति सानै उमेरमा यस्तो छुट्टै खालको आइडिया प्रयोग गरेकि मानवी सुब्बाले यहि ब्यवसायबाट करिव मासिक ३० हजार आम्दानी गरिरहेकी छन् । भन्छिनः मैले यो सेकेन्ड हेन्डको कपडा सँकलन गरेर बेचेपछि थोरै पैसा हुनेहरूका लागि त एकदमै खुशी दिएकि छु । त्यति मात्रै नभएर उहाँहरूको खुशी सँगै मैले पनि कमाइ गर्ने माैका पाएपछि खुशी नहुने त कुरै भएन ।