९७ केन्द्रीय सदस्य थप्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ। अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरिएको हो। रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन्। उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ।

आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको नेता उत्तम अधिकारीले बताए। अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन्। विधान बमोजिम ३०१ सदस्य बनाउने व्यवस्था रहेको छ।

यसअघि पार्टीको पुस ११ गते देखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो। पार्टीको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो।