पार्टी भित्र एमसीसीको विषयलाई लिएर आएको फरक मतको छलफल जेठ २० गते गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं २३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसीसीको विषयमा पार्टी भित्र उठेका प्रश्नको विषयमा जेठ २० गते छलफल गर्न भएका छन् ।

अध्यक्ष प्रचण्डले आज बसेको केन्द्रिय कमिटिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । एमसीसी संसदबाट पारित भएपछि वरिष्ठ नेता नारयणकाजी श्रेष्ठ, नेताहरु कृष्णवहादुर महरा, लिलामणि पोखरेल र देव गुरुड अशन्तुष्ट बनेका छन् ।

एमसीसीको विषयमा पार्टीभित्र फरोम चलाएर छलफल गर्ने प्रस्ताव अघि सारेका प्रचण्डले स्थानीय तह निर्वाचन पछि जेठ २० गते केन्द्रीय समिति बैठक बोलाउने भएका छन् ।

एमसीसीको कारण चुनावमा असर नपरोस् भनेर अध्यक्ष प्रचण्डले यो समयमा फरक मतका वारेमा छलफल गर्नु उपयुक्त नहुने बताएका छन् ।

‘स्थानीय निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठकमा फेरि फोरम चलाएर बहस गरौँ । तलसम्म पनि निश्चित समयसम्म छलफल चलाऔँ , त्यसो गर्दा जेठ २० मा केन्द्र्रीय समिति बैठक बोलाऔं, त्यसैमा छलफल गरौं ।’ प्रचण्डनले भने ।