सञ्जय लिला भन्सालीको नयाँ वेबसिरिज ‘हीरामन्डी’ को छायांकन मार्चबाट सुरु,छायांकनका लागि १ करोड ७५ लाख रुपैयाँमा छुट्टाइयो

मुम्बई । बलिउड चलचित्र निर्माता तथा अभिनेता सञ्जय लिला भन्सालीको नयाँ वेबसिरिज ‘हीरामन्डी’ को छायांकन मार्चबाट सुरु हुने भएको छ । अहिले भन्सालीले निर्देशन गरेको चलचित्र ‘गंगुबाइ कठियाबाडी’ प्रदर्शन भइरहेकाले मार्चबाट छायांकनमा जाने जनाइएको हो । भन्सालीको आगामी प्रोजेक्टका रुपमा वेबसिरिज ‘हीरामन्डी’ नेटफिल्क्समार्फत रिलिज हुनेछ । उक्त वेबसिरिजको छायांकन पूर्णरुपमा भारतको मुम्बईस्थित फिल्म सिटीमा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सिरिजको छायांकनका लागि १ करोड ७५ लाख रुपैयाँमा सेट निर्माणसमेत गरिसकिएको छ । निर्देशक भन्सालीले यो वेबसिरिजलाई आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । वेबसिरिजमा स्वतन्त्र हुनुअघि भारतको हीरामन्डी क्षेत्रमा रहेको सांस्कृतिक वास्तविकतालाई कलात्मक रुपमा उठान गरिने जनाइएको छ । वास्तविक कथाको अन्वेषणमा आधारित यो चलचित्रले भारतको मौलिक संस्कृतिलाई प्रस्तुतसौर्य दैनिकमा खबर छ । गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उक्त सिरिजमा प्रेम, बदला र राजनीतिक विषयलाई देखाइनेछ । सिरिज कुल ९ भागको हुनेछ । प्रतिभाग ९० मिनेटसम्म हुने जनाइएको छ । सिरिजमा अभिनेत्री सोनाक्षी सिन्हा र हुमा कुरेसीले काम गर्ने बताइएको छ ।