निशा रावलको रहस्य खुल्यो भनिन्, ‘म बाइपोलर हुँ’

अभिनेत्री निशा रावल अहिले कंगना रनौतको रियालिटी शो ‘लक-अप’ मा छिन् । शोको पछिल्लाे शृङ्खलामा प्रतियोगीहरूले मानसिक स्वास्थ्य र सचेतनाका विषयमा कुरा गर्नुपरेको थियो ।   यसबारे कुरा गर्दै निशाले भनिन्, ‘त्यसोभए अब म आफ्नो यात्राको बारेमा बताउन गइरहेको छु । म बाइपोलर (एक प्रकारको मानसिक समस्याले ग्रस्त) हुँ । मैले यति भनिसकेपछि मानिसहरूले बाइपोलर पागल हो ? भन्थे । सबैभन्दा नराम्रो तब भयो जब मेरो बाइपोलरलाई उ पागल हो भनेर बच्नको लागि बहानाको रूपमा प्रयोग गरियो ।’उनले थपिन्, ‘​जब मैले मेरो बच्चा गुमाए, मलाई रुन पनि दिइएन। त्यसपछि म डाक्टरकहाँ गएँ तर मेरो पार्टनरले मलाई साथ दिएनन् । यसका बाबजुद मैले डाक्टरलाई भेटेँ र उहाँसँग कुरा गरेँ र त्यसपछि मलाई थाहा भयो कि म त्यसबेला बाइपोलर अवस्थाबाट गुज्रिरहेको थिएँ।’