यी कुराहरुले अभिनेता पल शाह जेल जाने बलियो प्रमाण बन्दै , म्याद थप गरेर घटनाको शुक्ष्म अनुषन्धान गरिदै

नेपाली चलचित्र क्षेत्रमा नाम र दाम दुबै राम्रो संग कमाई रहेका चर्चित अभिनेता पल शाह यति बेला हिरासतमा रहेका छन् । उनलाई एक नाबालिग माथि बलात्कार गरेको आरोप लागको छ । घटनाको बारेमा अनुषन्धान गर्न भन्दै अदालतले थप दोस्रो पटक समेत म्याद थप गरेको अवस्था छ । मुख्य गरी अडियो लिकले यी सबै कुराको खुलासा गरे पछि बिबाद उत्कर्षमा पुगेको हो ।

अहिले सम्मको प्रहरीको अनुषन्धानले पलले ति नाबालिग गायिका लाई फकाएर बलात्कार गरेको थप पुष्टि गर्दै लगेको देखाएको छ । बाहिर जे जस्तो हल्ला आए पनि जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ । पीडितको जन्मदर्ताको आधारमा उनी नाबालिग रहेको तनहँु प्रहरीले जनाएको छ । त्यस्तै पल शाहले पीडितलाई १५ बर्ष ८ महिनाको उमेर देखि नै पटक पटक बलात्कार गरेको देखिएको छ ।

नाबालिग माथि तीन पटक शारीरिक सम्पर्क भएको र त्यो बेला उनी १७ वर्षभन्दा कम उमेरको रहेको पाइएको छ । कानुनले १८ बर्ष भन्दा मुनिका संग सहमतीमा शारीरिक सम्बन्ध राखे पनि त्यसलाई बलात्कार नै ठहर्ने ब्यवस्था गरेको छ । अर्काे बलियो प्रमाण अडियो रहेको छ । केही हप्ता अगाडी एउटा अडियो बाहिरियो । त्यहाँ आरोपित शाह स्यंमले शारीरिक सम्पर्क राखे पनि बच्चा नबसेकाले आफू विहे गर्नुपर्ने बाध्यतामा नभएको बताएका थिए ।

त्यस्तै ती नाबालिग गायिकामाथि यौन सम्पर्क भएको समेत पुष्टि भएको छ । डाक्टरले दिएको रिपोर्टअनुसार यौन सम्पर्क पुष्टि भएको हो । चिकित्सकीय रिर्पाेटले पीडितको कन्याजाली च्यातिएको देखाएको छ । त्यतिमात्र हैन शाहले नाबालिग गायिकासँग शारीरिक सम्पर्क भएको पुष्टि गर्ने केही फेसबुक च्याटका स्क्रिन फेला पर्नुले पल यो केसमा फस्ने निश्चित नै भइसकेको छ ।

प्रत्यक्षदर्शी र जानकारहरूको बयानहरूका आधारमा हेर्दा पनि शाह दोषी हुने सम्भावना बढेको छ । त्यस्तै यस बिबादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा तथा गायक सम्राट उपाध्यायले पनि पलले ती बालिकालाई करणी गरेकै हो भनेर अदालत समक्ष बयान दिनुले पनि पल फस्ने आधार देखिएको छ ।