चौध वर्षकी भइन् ‘बजरंगी भाइजान’की मुन्नी

एजेन्सी। सन् २०१५ मा फिल्म ‘बजरंगी भाइजान’मा मुन्नीको भूमिका निर्वाह गरेकी बाल कलाकार हर्षाली मल्होत्रा आज आफ्नो जन्मदिन मनाउँदैछिन्। वर्तमान समयमा धेरै सफलता हासिल गर्ने केही बाल कलाकार मध्येकी हर्षाली पनि एक हुन।

तर, फिल्म ‘बजरंगी भाइजान’ पछि भने उनलाई बलिउडबाट हालसम्म कुनै राम्रो ठूला अफर आएको छैन्। हर्षाली आज १४ वर्षकी भइन् र उनको अहिले रूप निकै परिवर्तन भएको छ।

हर्षालीले एक अन्तर्वार्तामा आफूले फिल्म, टिभी र ओटीटीका धेरै अफरहरु पाइरहेको बताएकी थिइन्। तर, आफू हतारमा केही गर्न नचाहेको उनको भनाइ थियो। चलचित्रमा आफ्नो कामको याद सधैँ होस् भन्ने उनी चाहन्छिन्।

हर्षलीले भनिन्, ‘म भविष्यमा अभिनेत्री बन्न चाहन्छु। अभिनय कक्षामा सहभागी हुनेछु ।सही प्रशिक्षण लिएर म आफैलाई तयार गर्नेछु। अहिले, कोभिडको कारणले त्यसो गर्न सकिनँ। अहिले म मार्सल आर्ट प्रशिक्षण र एरोबिक्स पनि गर्दैछु। आफूलाई स्वस्थ राख्न म बाहिर र फास्ट फुड खानबाट जोगिने गरेकी छु।