धरानको होटलमा लाहुरेनीलाई मा’रेर फरार मगर ससुराली पुग्दा यसरी परे पक्राउ

धनकुटा । धरान १८ सुनसरी बुद्धचोक स्थितको एक होटलमा मृ’तवस्थामा फेला परेको महिलाको शव प्रकरणमा सं ल ग्न व्य क्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका ६ का वर्ष २४ का राम रानामगर रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार धनकुटाको छथरजोरपाटीबाट प्रहरीले पक्राउ गरेको हो ।

छथरजोरपाटी गाउँपालिका २ मा पर्ने उनको ससुराल गएको बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शनिबार नै धरान पठाईसकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । सुनसरी धरान वुद्धचोकमा रहेको न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मंगलबार बिहान इटहरी ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षकी सुमित्रा तामाङको शव फेला परेको थियो ।

मृ तकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृ तकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् ।

यो पनि,  १० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य
धनकुटा, २२ फागुन/मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा शंकाय सञ्चालन गरी २ हजार ८ सय ३१ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

विश्वविद्यालयले धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/०७९ का विषयमा पत्रकार तथा विद्यार्थी संगठन र शिक्षक संगठनसँग अन्तर्क्रिया गर्दै उक्त जानकारी दिएको हो ।

प्रदेश १ सरकारले कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको डिन डाक्टर प्रचण्डमान श्रेष्ठले बताए । उनका अनुसार प्रदेश १ सरकारले प्रदेशसभाबाट कानुन निर्माण गरी १६ असाेज ०७६ मा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको हो । दुई वर्षअघि नै कानुन निर्माण भएको भए पनि नियमावली र निर्देशिका बनाउनुपर्ने भएकाले सञ्चालनका लागि समय लागेको उनको भनाइ छ ।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्देश्यले विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका इन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । अबको आवश्यकता प्राविधिक शिक्षाको भएको र इञ्जिनियरिङ विषयको माग रहेको डाँगीको भनाइ छ । युवालाई प्राविधिक शिक्षातर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताए ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इञ्जिनियर युवराज चौधरीले बताए । पर्याप्त भौतिक संरचना र गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको उनको भनाइ छ ।

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको छ । प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइएको भए पनि यो वर्ष २४ कोटामा भर्ना लिइने भएको छ । विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित

३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको र प्रतिमहिना आवास शुल्क ६ सय रुपैयाँ तोकिएको छ । आगामी चैत्र २ गतेसम्म भर्नाका लागि आवेदन खुला गरिएको र विलम्ब शुल्क तिरेर थप ७ दिन भित्रमा आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भए पनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डीन प्रधानले जानकारी दिएको छ । यो पनि पढ्नुहोस् :-

एजेन्सी । बलिउडमा अर्का एक चर्चित जोडीको पनि ब्रेकअप भएको छ । बिग बोस ओटीटी विजेता दिव्या अग्रवाल र वरुण सुदको बन्धन सधैं विशेष थियो । दुबैको उत्कृष्ट जोडीलाई फ्यानहरुले सधै मन पराएका थिए । तर अहिले यो जोडीका फ्यानहरुका लागि एउटा अचम्मको खबर आएको छ । दुबैको ब्रेकअप भइसकेको छ । दिव्या अग्रवाल आफैंले यो घोषणा गरेर करोडौं फ्यानको मन तोडिसकेकी छिन् । दिव्याको यो पोष्ट कसैले विश्वास गर्न सकेको छैन र मानिसहरूले उनलाई किन यस्तो गरिन् भनेर सोधिरहेका छन् ।

दिव्या अग्रवालको ब्रेकअप भयो
दिव्या अग्रवालले हालै इन्स्टाग्राममा आफ्नो एउटा जुम फोटो सेयर गरेकी छिन् । यो पोस्टसँगै उनले क्याप्शनमा लेखेकी छन् जिवन सर्कस जस्तै हो। हामीले सधैं सबैलाई खुसी राख्नुपर्छ। तर यस प्रक्रियामा के हुन्छ यदि आत्मामा नै प्रेम कम हुन थाल्छ। होइन, म कसैलाई कुनै कुराको दोष दिइरहेको छैन तर यो मसँग भइरहेको छ। म आफैंको लागि उत्साहित हुँदैछु। यो सामान्य हो। म आफ्नो लागि सास फेर्न र बाँच्न चाहन्छु। यसमा केही गलत छैन।

‘म यहाँ घोषणा गर्न चाहन्छु कि अब म मेरो जीवन आफ्नै सहयोगमा बाँच्न लागेको छु । अब म मेरो जीवन कसरी बिताउन चाहन्छु भन्नेमा मेरो समय बिताउनेछु। मलाई लाग्दैन कि हामीले ठूला बयानहरू लेख्नु पर्छ र कुनै पनि ठूलो निर्णयको लागि बहाना दिनुपर्छ। यदि म सम्बन्धबाट बाहिरिन चाहन्छु भने त्यो मेरो निर्णय हो।

यो खबरले फ्यानहरु निराश भएका छन्
अन्तमा, वरुणको बारेमा कुरा गर्दै, दिव्याले आफ्नो कुरा समाप्त गर्दै भनिन्, ुमलाई वरुणसँग बिताएका सबै सुन्दर पलहरू मनपर्छ र म ती पलहरूको सम्मान गर्छु। उनी असल व्यक्ति हुन्। उनी सधैं मेरो असल साथी हुनेछन् कृपया मेरो यो निर्णयलाई सम्मान गर्नुहोस्। वरुण र दिव्याको जोडी मानिसहरुको मनपर्ने थियो तर अहिले यो जोडी अलग भएको छ । धेरै फ्यान र नजिकका साथीहरूले दिव्यालाई यसको कारण सोधिरहेका छन्। यी दुईबीचको कुनै विवादको कारण भने अहिले खुलेको छैन ।