राप्रपा नेपाल निकट युवक संगठनको अध्यक्ष बने कैलाश कटवाल

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा कैलाश कटवाल चुनिएका छन् । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमका पार्टी अध्यक्ष थापाले कटवाललाई जिम्मेवारी सुम्पिएका हुन् । 

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएपछि गत फागुन १ गते राप्रपा नेपालको अध्यक्ष बनेका थिए । निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको राप्रपा नेपालको अध्यक्ष बनेका थापालाई पछ्याउँदै राप्रपाबाट ठूलो संख्यामा कार्यकर्ता बाहिरिएका थिए । सोही बेला थापासँग नजिक रहेका युवा नेता कटवाल पनि राप्रपा नेपालतिर आएका थिए ।

राप्रपाका युवा कार्यकतामाझ निकै लोकप्रिय रहेका कटवाल युवा संगठनको उपाध्यक्ष थिए । नयाँ पार्टीमा आबद्ध भएपछि कटवाललाई अध्यक्ष थापाले उस्तै प्रकृतिको संगठनको नेतृत्व सुम्पेका हुन् ।