१६ बर्षको उमेर मै बलिउडमा स्थान बनाएकी अभिनेत्री आरतीले मोटोपना र फोक्सोमा समस्या रहेकै कारण गुमाउनु परेको थियो ज्यान

एजेन्सी । आरती अग्रवाल बलिउडमा एकदमै प्रसिद्ध नाम रहेको छ । आरतीले १६ बर्षको उमेर देखी नै बलिउडमा स्थान बनाएकी थिइन् । उनले हिन्दी, तामिल, तेलुगु सहित २५ भन्दा बढी भारतीय तथा दक्षिण भारतीय फिल्ममा अभिनय गरेकी थिईन् । अमेरिकाको न्यू जर्सीमा जन्मिएकी यी अभिनेत्रीको दुखद मुत्युको बारेमा आज हामी चर्चा गर्न गईरहेका छौ ।

आरतीलाई बलिउड सम्मको यात्रा गराउन अभिनेता सुनिल शेट्टीको महत्वपुर्ण हात रहेको छ । आरती १४ वर्षको हुँदा फिलाडेल्फियाको पेन्सिलभेनिया शहरमा आयोजित एक नृत्यु कार्यक्रममा सहभागी भएकी थिइन्। त्यहाँ बलिउडका नाम चलेका स्टार सुनिल सेट्टी पनि उपस्थित थिए । उनले नृत्य हेरिसके पछि आरतीको बुवालाई आरतीलाई फिल्ममा ल्याउन सुझाव दिएका थिए।

आरतीले १६ वर्षको कलिलो उमेरमा सन् २००१ मा पहिलो फिल्म ‘पागलपन बाट डेब्यु मारेकी थिईन् । उनको उत्कृष्ट अभिनय क्षमताकै कारण थुप्रै सुपरहिट फिल्महरु दिन सफल भइन् । आरतीले दक्षीण भारतका चलेका नायक चिरञ्जीवी, नागार्जुन, महेश बाबु, रवि तेजा, जुनियर एनटीआर, प्रभास लगायत कलाकारहरूसँग फिल्ममा काम गरेकी थिइन्। बिस्तारै उनी अभिनेता तरुण सँग नजिकिईन् ।

तर यी दुबै बीचको प्रेम सम्बन्धमा समस्या आएपछि उनले सन् २००५ मा आत्महत्या कोशिस गरेकी थिईन् । उनको मृत्यु नजानिदो तरिकाले भएको थियो । मोटोपनाबाट ग्रसित आरतीले मृत्युको एक महीना अघि लाइपोसक्सनको शल्यक्रिया गराएकी थिइन्। यो शल्यक्रियाबाट उनको शरीरमा जम्मा भएको बोसोको मात्रा हटाइएको थियो। उनलाई फिट देखिनु थियो त्यसैले चिकित्सकले शल्यक्रिया नगर्नु भन्दा भन्दै गरेकी थिईन् । शल्यक्रियापछि लगत्तै उनको स्वाशप्रश्वासमा समस्या आयो ।

अमेरिकाको न्यू जर्सीको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो। जहाँ उनको अर्को शल्यक्रिया गर्नुपर्ने थियो। तर अचानक उनको मृत्यु भएको थियो । आरतीको मृत्युको कारण उनको मोटोपना र फोक्सोमा समस्या रहेको थियो । तर पनि उनको उपचार पनि भइरहेको बताएका थिए। अचानक उनलाई हृदयघात भएको थियो। उनको मृत्यु ६ जुन २०१५ मा न्यू जर्सीमा भएको थियो। त्यसबेला उनी मात्र ३१ वर्षकी मात्र थिइन्।