वाइसीएलको उपाध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित

फागुन-२२, काठमाडौं । पालुङ्टार नगरपालिका वडा नम्बर ४ को युर्थ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको उपाध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ पहिलै देखि राजनीति क्षेत्रमा निकै कृयाशील व्यक्ति हुन् । विभिन्न आन्दोलनमा आफ्नो जिम्मेवारी भुमिका पनि दिँदै आएका छन् । स्थानीय तहमा भएको विभिन्न भ्रष्टाचारको बारेमा खुलेर विरोध गर्दै आइरहेका व्यक्ति पनि हुन् ।
उपाध्यक्षमा आफू निर्वाचित भएपछि कार्यक्रममा श्रेष्ठ यस्तो भन्नुहुन्छ, ‘समाजिक रुपान्तरणको लागि हामी युवाहरु हरक्षण तयार छौं । हर क्रान्तिकारी परिवर्तनको लागि हामी उभिन तयार छौं । सामन्तवाद र पुँजीवादको दाहसंस्कार गरेर हामी हाम्रो समाजमा समाजवाद स्थापना गर्ने हाम्रो मुख्य ऐजण्डा रहेको छ । हामी बाचिरहेको हुर्किरहेको समाजमा भ्रष्टचारलाई विस्थापित गरेर हामी सुशासन स्थापित गर्छौ”