बुढीगण्डकी जलविद्युत् आयोजना प्रमुखमा ई. जगतकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, २२ फागुन । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको संयोजकमा ईन्जिनियर जगतकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

आइतबारको ऊर्जामन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको हो । उनलाई बढीमा २ वर्षका लागि नियुक्त गरिएको जनाइएको छ ।

श्रेष्ठ गोरखा भिमसेन थापा गाउँपालिका बगुवाका स्थायी बासिन्दा हुन् । उनी पुल्चोक इन्जिनियरिङ कलेजमा डिन समेत हुन ।