बाहुबली ३ को चर्चा सुरु , के प्रभासले पाउलान त निरन्तरता ?

फिल्ममा सिक्वेलको प्रयोग बढ्दो छ । तर पहिलो फिल्म जति त्यसका सिक्वेलहरु हिट हुन नसकेको ईतिहास पनि उत्तिकै साँचि छ । यो ईतिहासलाई दक्षीण भारतीय फिल्म बाहुबलीले भने नराम्रो संग तोडेको छ । बाहुबलीको पहिलो र दोस्रो भाग नै उत्तिकै सफल भए । दक्षीण भारतीय फिल्म जगतमा यस फिल्मले एउटा ईतिहास नै बनाउन सफल मात्र भएन हिन्दी फिल्मलाई पनि राम्रै सबक सिकायो ।

अब बाहुबलीलाई मन पराउने दर्शकहरुका लागि अर्काे खुशीको कुरा आएको छ । पहिलो र दोस्रो पछि अब यस फिल्मको तेस्रो भाग समेत आउने चर्चा सुरु भएको छ । साउथ सुपरस्टार प्रभासको सुपरहिट फिल्म ‘बाहुबली’को पहिलो भागले बक्स अफिसमा भएका सबै रेकर्ड तोडेको थियो । यस्तै, फिल्मको दोस्रो भाग पनि हिट साबित भयो । अब भने तेस्रो भागले कस्तो गर्ने हो भबिश्यको कोखमा नै रहेको छ ।

पार्ट ३ मा पनि प्रभास अर्थात ‘महेन्द्र बाहुबली’ नै देख्न सकिने अनुमान गर्न थालिएको छ । एक अन्तर्वार्ताका क्रममा प्रभास आफैले यसको संकेत गरेका हुन् । उनले बाहुबलीका निर्देशक एसएस राजामौलीसँग फेरि काम सकिने बताएका थिए । उनले अन्र्तबार्ताका क्रममा निर्देशक राजमौली बाहुबलीको फ्रेन्चाइज बन्द गर्ने मुडमा नरहेको बताएका थिए ।

उनले ‘बाहुबली’ को अर्को भाग छिट्टै आउन सक्ने पनि बताए । तर यसका बारेमा कुनै पनि पक्ष बाट आधिकारीक जानकारी तथा घोषणा आएको छैन । अहिले निर्देशक एस एस राजामौली यतिबेला आफ्नो फिल्म आरआरआरमा व्यस्त रहेका छन् । उनको यो बहुप्रतिक्षीत फिल्म यही मार्च २५ मा रिलिज गर्ने तयारी छ ।