आमालाई पछ्याउँथिन् जाहन्वी, तर खुसी साट्न पाइनन्

काठमाडौं। बलिउड अभिनेत्री जाहन्वी कपुरले आफ्नो छोटो करियरमै धेरै नाम कमाइसकेकी छन्। उनले बलिउडमा फिल्म ‘धडक’बाट पाइला चालेकी थिइन्। त्यसपछि जान्हवीले कैयौं फिल्ममा अभिनय गरिन्।

सामाजिक सञ्जालमा पनि जाहन्वी राम्रो फ्यान फलोइङ छ। उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन्। जाहन्वी बलिउडमा आफ्नी आमाजस्तै सुपरस्टार बन्न चाहन्थिइन्। तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन्।

पिता बोनी कपुरले कहिल्यै पनि छोरी जाहन्वीका सपनालाई रोक्ने काम गरेनन्। तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिइन् भन्ने चाहन्थिइन्। श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो।

तर, जाहन्वीको भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडमा आफ्नो पाइला जमाउने चाहना छ। यो उनको बाल्यकालदेखि नै सपना थियो। जाहन्वीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन्। किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो।