पल र पुजा को फिल्म “म यस्तो गीत गाउछु २” ले कमायो ५ करोड ।

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ l गत शुक्रवार बाट रिलिज भएको फिल्मले हाल सम्म आउँदा ५ करोडको नजिक पुगेको छ l निर्माण टिमले शुक्रवार सार्वजनिक गरेको एक हप्ते कलेक्सन रिपोर्टमा ४ करोड ९५ लाखको आँकडा उल्लेख छ । दोश्रो हप्ता सम्म आइपुग्दा फिल्मले यतीको व्यापार गरेको हो ।

 

प्रदर्शनको पहिलो दिनदेखि फिल्मले निरन्तर हाउस फुलको व्यापार गरिरहेको छ । प्रदर्शनको दुई दिनमा देशभर १ करोड ८० लाख कमाई गरेको थियो l ‘दोस्रो हप्ताको पहिलो दिन पनि देशभरका हलहरू हाउस फुल छन् ।

 

पहिलो हप्ता जस्तै दोस्रो हप्तामा पनि फिल्मले आक्रामक व्यापार गर्नेमा वितरकहरूको भनाइ छ l कोरोना महामारीयता सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको ‘म यस्तो गीत गाउँछु २’ लाई सुदर्शन थापाले निर्देशन तथा निर्माण गरेका हुन् l

 

साथै फिल्मको निर्मात्री नायिका पूजा शर्मा पनि हुन् l फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ । कोरोना पछी नेपाली फिल्म बजारमा धेरै नै रुचाएको भनेको यही फिल्म रहेको छ ।