सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’ बजारमा आउँदै

फागुन-२१, काठमाडौं । सन्तोष श्रेष्ठ नेपाली सुगम सङ्गीतका एक प्रसिद्ध सङ्गीतकार हुन् । उनी साङ्गीतिक कर्ममा विगत २३ वर्षदेखि निरन्तर सक्रिय छन् । ३८ वटा एकल सङ्गीतबद्ध एल्बमका साथै १२०० भन्दा बढी फुटकर गीतहरुमा उनले सङ्गीत भरिसकेका छन् । विश्व सङ्गीतको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो साङ्गीतिक कीर्तिमानी कायम गरिसकेका छन् । सङ्गीतका अलावा आफैँ गीत लेख्ने कुशल सर्जक र मीठो गाउने गायक सन्तोष श्रेष्ठको यसअघि नै आँसु (गजलसङ्ग्रह, २०६२) र अधुरो सपना (लघुकथासङ्ग्रह, २०६८) प्रकाशित छन् । फरैना उनको पहिलो उपन्यास हो ।