अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर, खेलाडी शेन बार्नको निधन

अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर बाहिर आएको छ । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण थाइल्याण्डमा निधन भएको स्काई स्पोर्ट्सले जानकारी दिएको छ । उनको निधनले क्रिकेट क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए ।

उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए । वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १ सय ९४ एकदिवसीयमा २ सय ९४ विकेट लिएका थिए ।