पुर्व राजा ज्ञानेन्द्र शाह मध्यरातमा एक रेष्टुरेण्टमा, राजतन्त्र जिन्दाबाद र मुर्दाबादको नारा एकै पटक लागेपछि यस्तो सम्म भयो

पुर्व राजा ज्ञानेन्द्र शाह आम नागरिक भए पनि उनलाई गरिने सम्मान अहिले पनि उत्तिकै रहेको छ । जहाँ जहाँ शाह पुग्छन् त्यहाँ राजतन्त्रका नारा गुन्जिने गरेका छन् । तर शुक्रबार मध्यरातमा भने फरक दृश्य देखियो । राती दरबारमार्गमा रहेको त्रिशारा होटलमा पूर्व राजा ज्ञानेन्द्र शाह गुड फ्राइडे मनाउन पुगे । उनी त्यहाँ मध्यरातसम्मै बसेर १२ बजेतिर निस्किएका थिए।

उनी त्यहाँ बेलाबखतमा आफ्नो परिवार सहित पुग्ने गरेका छन् । परिवारका सदस्यसँग गएका उनी केही घण्टा बसेर बाहिरिएका थिए । सोही क्रममा रेष्टुरेण्टबाट बाहिर निस्कन साथ उनको पक्षमा नाराबाजी भएको थियो । राजतन्त्र जिन्दाबाद भन्दै नारा लागेको थियो । सधै जिन्दाबाद मात्र सुनिरहेका पुर्व राजा ज्ञानेन्द्र शाहले भने यसपटक राजतन्त्र जिन्दाबाद संगै मुर्दाबादको नारा पनि सुनेका छन् ।

रेष्टुरेण्टमा रहेका केही ग्राहकले राजतन्त्र जिन्दाबाद भनेर नारा लगाएपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहकले राजतन्त्र मुर्दावाद भनेर नारा लगाएका थिए। तीन वर्ष अगाडि ज्ञानेन्द्र परिवार लिएर लाजिम्पाटको त्रिशारामा गएका थिए। यो बिचमा उनी दरबारमार्गको किङस् लाउन्ज, ठमेलको एलओडीमा समेत गएका थिए।