एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अमेरिकाको स्वार्थपूर्ण लगानी रहेको बताएका छन्। शुक्रबार खुलामञ्चमा आयोजित विरोधसभामा बोल्दै नेता केसीले एमसीसी अमेरिकाको सहयोग नभएर लगानी भएको बताएका हुन्।

उनले एमसीसीबारे धेरैमा भ्रम रहेको बताए। सत्तामा बसेकाहरुले राष्ट्रको अखण्डतामाथि सौदाबाजी गरेर राज गरिरहेको उनको आरोप छ।

यसअघि विकासका नाममा अनुदान आउँदा नेपाली जनताले विरोध नगरेको बताउँदै नेता केसीले एमसीसी अमेरिकाको विशुद्ध लगानी रहेको दावी गरे। उनले देशका बामपन्थीहरु सत्ता प्रधान र खाम पन्थी भएको आरोप लगाए ।