निकै शक्तिशाली हुन्छन् यी राशी ?

मानिसको भाग्य र भविष्य जन्म अनुसार नै तय भएको हुन्छ । जन्मदिन (जन्म समय) का आधारमा उसको राशि तय हुन्छ । त्यही राशि अनुशार कसको भाग्य र भविष्य कसतो भन्ने छुट्याउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार, मानिसको जीवन उनको राशि अनुसार चल्ने गर्छ। कुन मानिसमा ग्रह नक्षत्रहरुको कस्तो प्रभाव परेको छ भन्ने राशि आफैले बताउने गर्दछ। यस आधुनिक युगमा हामी ज्योतिष शास्त्रको विश्वास गर्दैनौ, तर कतिपय समस्याहरु ज्योतिष शास्त्रद्वारा मात्र हल हुन्छ भने कतिपय त ज्योतिष शास्त्र बिना असम्भव नै हुन्छ।

जो व्यक्ति जस्तो देखिन्छ, के वास्तवमा पनि त्यस्तै हुन्छरु यी प्रश्नहरूको उत्तर ज्योतिष शास्त्रबाट लिन सकिन्छ। मानिसको कुंडलीले जीवनको गोप्य कुराहरु पनि खोल्ने गर्दछ। आज हामी यी राशिहरुको एक महत्त्वपूर्ण बानीको बारेमा छलफल गर्छौ। हुनत ज्योतिष शास्त्रका अनुसार सबै राशिहरु आफ्नै तरिकाले महत्त्वपूर्ण हुन्छन्। तर ति मध्ये ४ राशि यस्ता पनि छन्, जो वास्तवमै निकै शक्तिशाली हुन्छन्।

मेष राशि : मेष राशिलाई अरु राशिहरुभन्दा निकै ऊर्जावान मानिन्छ। यी व्यक्तिहरू सँधै सक्रिय हुने गर्छन् र केहि नगरि बस्न पनि सक्दैनन्। यदि कसैले उनीहरूलाई बोर गर्दछ भने उनीहरुले त्यस व्यक्तिको बेवास्ता गर्न थाल्छन्। मेष राशि भएका व्यक्तिहरु कसैलाई त्यति सजिलै विश्वास गर्दैनन् र आफ्नो गोप्य कुरा आफूसंगै राख्छन्। उनीहरु आफ्नो निर्णय आफै लिन्छन् र कसैबाट प्रभावित भएर आफ्नो जीवनको दिशा परिवर्तन पनि गर्दैनन्।

वृश्चिक राशि : वृश्चिक राशिका मानिसहरु निकै इमान्दार हुने गर्छन् तर उनीहरुमा द्रोही स्वभाव पनि प्रमुखताको साथ हुने गर्दछ। ईमानदार व्यक्तिहरुसंग यी राशिका व्यक्ति पनि निकै इमान्दार रहन्छन् तर धोका दिने व्यक्तिहरुका लागि भने यी राशि निकै खतरनाक सावित हुने गर्छन्। यी व्यक्तिहरु निकै भावनात्मक हुने गर्छन्, त्यसैले कहिलेकाँही उनीहरुलाई सहन निकै गाह्रो हुन्छ। वृश्चिक राशिका व्यक्तिहरूसँग भविष्यको सोच्ने एउटा छुट्टै क्षमता हुने गर्दछ, जुन तपाई कल्पना पनि गर्न सक्नुहुन्न।

कुम्भ राशि : भावनामा बगेर कुनै पनि निर्णय नलिनु नै कुंभ राशिको सबै भन्दा ठूलो विशेषता हो। यी व्यक्तिहरु आवश्यकता अनुसार, आफ्ना भावनाहरुलाई साइडमा राखेर अगाडि बढ्न सक्षम हुने गर्छन्। यी मानिसहरू निकै चाखलाग्दो र जिज्ञासु स्वाभावका हुने गर्छन्। उनीहरुलाई निकै बुद्धिमान पनि मानिन्छ। उनीहरु जिद्दी स्वाभावका हुनुका साथै आत्मविश्वासले पनि भरिएको हुन्छ।मकर राशि : यस राशिलाई सबै भन्दा राम्रो तथा उत्कृष्ट राशि मानिन्छ, किनकि उनीहरु भित्र आत्म नियन्त्रणको भावना हुने गर्दछ। उनीहरुसंग अन्य राशिका व्यक्तिहरु भन्दा राम्रो सोच्ने तथा बुझ्ने क्षमता हुने गर्छ। यी व्यक्तिहरु सधैं सक्रिय रहने गर्छन्। यहि कारण हो कि, यी व्यक्तिहरू आफ्ना उद्देश्यहरु द्रुत रुपमा प्राप्त गर्न सफल हुने गर्दछन्।

यसैगरी एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ साथै महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ ।

घर छोडेर हिँड्नुहुँदैन : शास्त्रको अनुसार स्त्रीहरु कुनै पनि हालतमा आफ्नो घर छोडेर हिड्नुहँदैन ।अर्थात अर्काको घरमा बस्नुहुँदैन यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ नेपाली संस्कृतीमा जनई लगाउने परम्परा बैदिक कालदेखिनै चलिआएको छ पुरुषको लागि जनई लगाउनु अनिवार्य मानिएको छ तर महिलाले जनई लगाएमा नराम्रो हुने मान्यता रहँदै आएको छ जप गर्नुहुँदैन : ओम मन्त्रको अभ्यास गर्दा कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ ।

पतिसँग टाढा बस्नु हुँदैन : शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ हनुमानको पूजा : यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुको हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।

गायत्री मन्त्रको जप गर्नुहुँदैन : शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो फर्सी काट्नुहुँदैन : फर्र्सीलाई सीताको फल अर्थात सीताफल मानिन्छ यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।

बलि दिन हुँदैन : फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ तर देवतालाई

बलि चढाउन महिलाले नहुने शास्त्रमा उल्लेख गरिएको छ नरिवल फुटाउन हुँदैन : तपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।

दुनियाँमा केहि व्यक्ति आफ्नो काम कौसलता आदर्शको कारण प्रसिद्द छन् त्यस्तै एक हुन् नीति शास्त्री चाणक्य आचार्य चाणक्यले कुशल नेतृत्वका लागि धेरै कुराहरू बताएका छन् उनलाई विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिन्ने गरिन्छ सताब्दीऔं पुरानो भएपनि चाणक्यको नीतिलाइ वर्तमान समयमा पनि उत्तिकै प्रासंगिक मानिन्छ चाणक्यले जिन्दगीमा सफलता प्राप्त गर्न धेरै नीतिहरू बनाएका थिए चाणक्यका अनुसार एक सफल नेता बन्नका लागि आफ्नो गल्तीहरूबाट सधैं सिक्नुपर्छ यदि आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेको गल्तीबाट सिक्नुपर्छ यसो गर्नाले कोही पनि व्यक्ति छिटै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ ।

उनका अनुसार कुनै पनि नेतृत्वकर्ता धेरै इमान्दार हुनु हुँदैन सबैभन्दा पहिला सिधा उभिएको रुख काटिन्छ भन्दै उनी भन्छन्, ‘यही कारण इमान्दार भएर मात्र पुग्दैन, सतर्क पनि रहनुपर्छ उनका अनुसार एउटा राम्रो नेता बन्न कर्मको सिद्धान्तलाई पछ्याउनुपर्छ । चाणक्यले धर्मशास्त्रलाई महत्त्वपूर्ण मानेका छन् । उनका अनुसार कर्म सिद्धान्तलाई कहिले पनि नजरअन्दाज गर्नु हुँदैन । मान्छेको भाग्यको फैसला उनीहरूको कर्मका आधारमा हुन्छ ।

उनका अनुसार गलत कामको परिणाम सधैं गलत नै हुन्छ एक सफल लिडरको सफलता उसको गोपनीयतामा निर्भर हुन्छ चाणक्यका अनुसार एक महान नेताले आफ्नो सबै कुराहरू कसैलाई बताउनु हुँदैन आफ्नो जीवनमा अघि बढ्न बनाइएका कतिपय योजनाहरू कसैलाई बताउनु हुँदैन एउटा राम्रो नेताले आफ्नो शत्रुबाट पनि केही सिक्नुपर्ने कुरा भए सिक्नुपर्ने बताएका छन् ।

आचार्य चाणक्यले जीवनलाई सफलतापूर्वक अघि बढाउनका लागि थुप्रै नीति बनाए र चाणक्य नीतिलाई त्यसैमा समाहित गरे । आचार्य चाणक्यको यो नीति आजसम्म पनि सान्दर्भिक छ विष्णु गुप्त र कौटिल्यको नामले परिचित चाणक्यले सफलताका लागि चार यस्ता कुरा बारे जानकारी दिएका छन् जसको अनुसरण गरिए सफलता हात पार्न सकिनेछ चाणक्यका अनुसार मनुष्यले यदि यी चार कुरा कसैलाई पनि नबताए हरेक मोडमा जीत हासिल गर्न सक्नेछन् ।

चाणक्यका अनुसार जीवनको कुनै पनि मोडमा यदि पैसाको कमी हुँदा आफ्नो आर्थिक स्थितीबारे कसैलाई पनि केही भन्नु हुँदैन जीवनमा यस्ता थुप्रै मौका आउँछन् जब मानिसहरु आर्थिक रुपमा कमजोर हुन्छन् यस्तो अवस्थामा तपाईंले आफैंलाई विश्वास गरेर अघि बढ्नुपर्छ यदि तपाईंले यस्ता समस्याबारे सबैलाई बताउँदै हिँड्नुहुन्छ भने मानिसहरुले तपाईंको खिल्ली उडाउन सुरु गर्नेछन् । साथै मद्दतका लागि कोही पनि अघि सर्ने छैनन् ।

आचार्य चाणक्यका अनुसार हामीले आफ्नो घरको कुरा घरमै सिमित राख्नुपर्छ जब मानिसहरुले घरको स–सानो कुरा बाहिरका मानिसहरुसँग गर्दै हिँड्छन् तब विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्छ बाहिरका मानिसहरुले तपाईंबारे थाहा पाएर तपाईंविरुद्ध षड्यन्त्र रच्न थाल्छन् जसले गर्दा घरमा झगडा पैदा हुन्छ चाणक्यका अनुसार श्रीमान् र श्रीमतीबीचको कुराकानी पनि सिमित राख्नुपर्छ किनभने यस्ता कुरा दुबैको सम्मान र अपमानसँग जोडिएको हुन्छ ।

हाम्रो जीवनमा यस्ता थुप्रै पल आउँछन् जब हामीले अपमान सहनुपर्छ चाणक्यका अनुसार अपमानित हुँदा अरु कुनै व्यक्तिसँग यसबारे चर्चा गर्नुहुँदैन आफ्नो अपमानलाई गोप्य राख्नुपर्छ मानिसहरुलाई यस्ता कुरा बताउँदा उनीहरुले तपाईंलाई मद्दत गर्नुको साटो तपाईंको खिल्ली उडाउन सुरु गर्छन् यसले तपाईंको मनोबल टुट्छ ।आफ्नो दुःख पीडा सबैलाई बताउँदै हिँड्ने बानीले हामीलाई क्षती पुर्‍याइरहेको हुन्छ । अरुसँग तपाईंको दुःख, पीडा बुझ्ने समय नै हुँदैन । यस्तोमा तपाईंले आफ्नो दुःखबारे ती व्यक्तिसँग मात्रै चर्चा गर्नुपर्छ जसमाथि तपाईंलाई पूर्ण विश्वास छ ।