यस्तो बनेर आयो शाहरुख खानको ‘पठान’ को टिजर

मुम्बई । बलिउड अभिनेता शाहरुख खान अभिनीत नयाँ चलचित्र ‘पठान’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले एक मिनेटको भिडियो मंगलबार सार्वजनिक गरेको हो । टिजरमा अभिनेता शाहरुख, अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्रहामले चलचित्रका बारेमा जानकारी दिएका छन् । टिजरमार्फत नै चलचित्रका प्रमुख कलाकारको फस्र्टलुकसमेत सार्वजनिक गरिएको छ ।

आनन्द के ले निर्देशन गरेको यो चलचित्रलाई स्पाई थ्रिलर विधामा बनाइएको छ । चलचित्र यशराज फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । टिजरसँगै चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ ।सौर्य दैनिकमा खबर छ । आगामी वर्षको २३ जनवरीदेखि सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा चलचित्र रहेको निर्माण पक्षले जनाएको छ ।

यो पनि पढ्नुहोस्-अस्पतालको उपचार कक्षमै भालु पसेपछि -जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो ।

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो ।

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिनुभयो ।

  1. संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।