‘पीडा भएनि, खुसी भएनि’ गीत ट्रेडिङ्ग नम्बर एकमा पर्न सफल

फागुन-१९, काठमाडौं । यतिबेला नेपाली सिनेमा क्षेत्रको ‘म यस्तो गित गाउँछु-२’ चलचित्र हलमा निकै तहल्का मच्चाइरहेको छ । पल शाह र पुजा शर्मा अभिनय रहेको उक्त चलचित्रले निकै चर्चा पाएको छ । त्यस चलचित्र भित्र रहेको गीतले पनि युट्युवमा निकै चर्चा बटुल्न सफल भएको छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगित, र अञ्जु पन्तको स्वरमा रहेको ‘पीडा भएनि खुसी भएनि’ बोलको गीत अहिले ट्रेडिङ नम्बर एकमा पर्न सफल भएको छ । भिडियो हेर्नुहोस् :- https://youtu.be/eAQkfaA45Zk