विप्लवलाई भेटेपछि भीम रावलको प्रतिक्रिया : राष्ट्रिय स्वाधीनताको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित –

काठमाडौं १९ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरु एक हुने कुरा उचित भएको बताएका छन् । एमसीसीको विरोधमा निरन्तर आवाज उठाइरहेका रावलले आज आफ्नै निवास टोखामा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मा भेटवार्ता गरेका छन् ।

फागुन २० गते देखि चैत ६ गते सम्म एमसीसीको विरोधमा देशरभ विरोध कार्यक्रम गर्ने भएका छन् । भेटमा राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउने निषयमा जोड दिइएको बताइएको छ ।

उनले भेटमा एमसीसीविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको बताइएको छ ।त्यस्तै राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर लाग्ने विषयमा छलफल भएको बताइएको छ ।

यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग पनि भेटवार्ता गरेका थिए ।

नेता रावलले सामाजिक सञ्जालमा मार्फत लेखेका छन् , ‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो’