एमालेका दुई जिल्ला नेता माओवादी केन्द्रतिर, प्रचण्डले स्वागत गरे

नेकपा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा अध्यक्षका प्रत्यासी एवम् एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादव पनि माओवादीमा प्रवेश गरेका छन्।

उनीहरुसँगै एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, अर्का एमाले कार्यकर्ता रमेश गौतम र राष्ट्रिय युवा परिषद मधेस प्रदेश सञ्जालका संयोजक श्याम शाह माओवादीतिर लागेका हुन्।

त्यसैगरी निजगढ नगरपालिका-१२ निवासी जसपानिकट गलैँचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका-१२ निवासी बाबु थिङ पनि माओवादीमा प्रवेश गरेका छन्। उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा स्वागत गरेका छन्।