एमसीसीको अनुमोदन गर्न सघाएको भन्दै सरकारले दियो एमालेलाई धन्यवाद

काठमाडौं १८ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा प्रतिपक्षी दल नेकपा एमाले सघाएको भन्दै सरकारले धन्यावाद दिएको छ ।

सरकारले फागुन १५ गते बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि एमसीसी अनुमोदन गरेको थियो । त्यसको भोली पल्ट फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले एमाले सहित गठवन्धन दलहरुलाई पनि धन्यावाद दिएको थियो ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने एमसीसी अनुमोदन गराउन सहज वातावरण बनाउन सहयोग गर्ने गठबन्धनका दल, प्रमुख प्रतिपक्षी दल, सभामुख र सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित भएको जानकारी गराएका हुन् ।

सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी मित्रराष्टहरू भारत एवं चीन कुनैपनि मित्रराष्ट्रका विरुद्ध नेपालको कुनै भूमि प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गर्ने निणर्य समेत गरेको बताएका छन् ।