अब प्रतिक्षाको घडी सकियो , शाहरुख खानको बहु–प्रतिक्षीत फिल्म पठानको रिलिज डेट तोकियो

बलिउडका किंग शाहरुख खानले आफ्नो बहुप्रतिक्षित फिल्म पठानको रिलिज मिति घोषणा गरेका छन् । शाहरुख खानको फिल्म पठान अर्को वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।शाहरुख खानले आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट शेयर गर्दै पठान फिल्मको रिलिज मिति घोषणा गर्दै फ्यानहरुलाई सबैभन्दा ठूलो खुसीको खबर दिएका छन् ।

शाहरुखले लेखेका छन्– मलाई थाहा छ ढिलो भइसकेको छ । तर मिति याद गर्नुहोस् । पठानको समय सुरु हुँदैछ। २५ जनवरी २०२३ मा सिनेमा हलमा भेटौँला। शाहरुखले आफ्नो पोस्टमा आफ्नो फिल्म पठान हिन्दीसँगै तमिल र तेलुगु भाषामा पनि रिलिज हुने बताएका छन् । अब फ्यानका लागि यो भन्दा ठूलो खुसीको खबर के हुन सक्छ । फिल्मको रिलिज मिति घोषणासँगै शाहरुख खानले फिल्मका केही झलकहरू पनि फ्यानसँग सेयर गरेका छन् ।

तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि केही मिनेटमै शाहरुखको पठान फिल्मको भिडियोलाई लाखौं भ्युज आइसकेको छ । ५ वर्षको लामो समयपछि पनि फ्यानको मन जितेका शाहरुख खान फिल्मी पर्दामा फर्किएका छन् । शाहरुख खान पठानबाट ठूलो कमब्याक गर्दैछन्, उनको स्पेशल लुकबाट अनुमान लगाउन सकिन्छ । लामो कपाल, फिट शरीर र दाह्रीले उनलाई विशेष बनाइरहेको छ। यस लुकमा शाहरुख निकै आकर्षक देखिन्छन् ।

यद्यपि शाहरुखको लुक खासै देखाइएको छैन तर धुवाँमा पनि शाहरुखको चमक र उनको आभाले फ्यानलाई पागल बनाउन पर्याप्त रहेको छ । । बलिउडका किंग खानको बहुप्रतिक्षित फिल्म पठानले प्रभासको आदि पुरुषसँग प्रतिस्पर्धा गर्नेछ । दुवै फिल्मको रिलिज मिति एकअर्काको नजिक छ । प्रभास स्टारर फिल्म आदिपुरुष १२ जनवरी २०२३ मा रिलिज हुनेछ भने शाहरुख २५ जनवरी २०२३ मा आफ्नो फिल्म लिएर हलमा रिलिज हुनेछन्। प्रभास र शाहरुखको टक्कर साँच्चै हेर्न लायक हुने अनुमान गरिएको छ ।