पल शाह प्रकरणमा मुख खोलिन चपली हाइटकी नायिका बिनिता बरालले पनि

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।

यसैबिच पल-समीक्षा प्रकरणलाई नजर राख्दै नायिका विनीता बरालले पनि मुख खोलेकी छिन् ।  सामाजिक सञ्जालमा उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् । सञ्जालमा बराल लेख्छिन् ललाई फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने  ?, ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु । कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् ?’