अज्ञान,अल्पज्ञान सोंचलाई परित्याग गरी सत्य र न्यायको पक्षमा उभिने साहस गरौं : बाबुराम

काठमाडौ १८ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको भन्दै आफ्ना अज्ञानरअल्पज्ञानरअर्धज्ञान र स्वार्थरपूर्वाग्रह आधारित सोंचलाई परित्याग गर्न आग्रह गरेका छन् ।

‘अब ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको’ भनौं र यो लहरो ध्यान दिएर पढौं! आफ्ना अज्ञानरअल्पज्ञानरअर्धज्ञान र स्वार्थरपूर्वाग्रह आधारित सोंचलाई परित्याग गरौ’! उनले भनेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता बाबुरामले सार्थक जीवनको गुदीतत्व यही बताएका बाँकी अरू सबै निरर्थक भएको समेत बताएका छन् ।

उनले भनेका छन् , अब ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको’ भनौं र यो लहरो ध्यान दिएर पढौं! आफ्ना अज्ञान,अल्पज्ञान,अर्धज्ञान र स्वार्थ,पूर्वाग्रह आधारित सोंचलाई परित्याग गरौ! सत्य र न्यायको पक्षमा उभिने , बोल्ने र लड्ने साहस गरौं!सार्थक जीवनको गुदीतत्व यही हो।अरू सबै निरर्थक हो! चेतना भया!