‘कबीर सिंह’ हिट भएपछि पारिश्रमिक ह्वात्तै बढाए शाहिदले, नया फिल्मका लागी लिए यति मोटो रकम !

काठमाडौं-बलिउड अभिनेता शाहिद कपूरले आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् ।चलचित्र ‘कबीर सिंह’ हिट भएपछि उनले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका हुन् । शाहिद चाँडै नै निर्देशक अली अब्बास जफरको नयाँ चलचित्रमा काम गर्दैछन् ।

जसमा उनले ३८ करोड पारिश्रमिक लिएको बताइएको छ । एक्सन जनरामा निर्माण हुने यो चलचित्रका लागि उनले उक्त रकम लिएका हुन् । शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ ।

यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।‘जर्सी’मा उनले लिएको भन्दा २५ प्रतिशत बढी रकम हो । यसो त बलिउडमा चलचित्र हिट हुँदै गएपछि कलाकारले पारिश्रमिक बढाउने गर्दछन् ।