नेपाल बन्दको घोषणा ?

काठमाडौं :

नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र ध’म्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन २० गते देशभर संयुक्त विरोध प्रदर्शनका गर्ने निर्णय गरेका छ ।

मोर्चाले फाल्गुन १८ गते बुधबार नेपाल बन्दको आव्हान गरेको समाचार आएको थियो त्यो सत्यता नभएको पुष्टी भएको छ । यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई रहेको बताएको छ ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले आज संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको घोर निन्दा र भत्र्सना गरेका छन् ।

६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन १५ गतेको संसद्को बैठक फागुन १८ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

बिभिन्न समाचार माध्यममा नेपालबन्दको समाचार आइरहंदा भने ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टीले बिज्ञप्ति निकाल्दै नेपाल बन्द नभएर संघर्षका कार्यक्रम रहेको बताएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । वाम पार्टीहरुले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् ।

मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेको जनाएका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका

जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन् ।

यस्तो छ कार्यक्रम :
१) फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२) फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३) फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४) फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५) फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६) फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७) चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८) चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९) चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र स