धनी बन्ने मन भए त्याग्नु होस् यस्तो बानी !!

धनी बन्न रोक्ने मानिसका ६ बानी :प्रत्येक व्यक्तिलाई पैसा कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन् मानिसका कतिपय बानी तथा आदतले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ । यदि यी सात बानी सुधार्न मानिसले सकेन भने उ कहिल्यै पनि धनी बन्न सक्नेछैन ।कमाइमा भन्दा बचतमा बढी जोड : धेरै मानिस कमाईमा भन्दा पनि बचत गरे धनी बन्न सकिने विश्वास गर्छन् तर धनी बन्नका लागि बचतका साथै कमाईमा पनि उतिकै ध्यान दिन जरुरी छ ।

कसरी बचत गर्ने भनेर चिन्ता जतिकै कमाइमा पनि ध्यान दिने हो भने मानिस धनी बन्नबाट रोक्न नसकिने उनको भनाई छ । तसर्थ धनी मानिस बन्न धनी मानिसले जस्तै गर्नुपर्छ । धनी बन्ने हो भने पैसा सकिन्छ भनेर चिन्ता गर्नभन्दा पनि पैसा कसरी बड्छ भनेर चिन्तन गर्ने हो भने धनी बन्न पनि गाह्रो छैन ।
लगानी नगर्ने : पैसा कमाउने सबैभन्दा सजिलो माध्यम लगानी गर्नु नै हो यदि तपाईले आजसम्म पनि लागनी गर्न शूरु गर्नुभएको छैन भने तपाई धनी बन्ने तपाईको सपनामात्र हुन सक्छ । जति चाँडो मानिसले लगानी गर्न शूरु गर्छ त्यति नै चाँडो उ धनी बन्न सक्छ । करोडपति हरुले आफ्नो घरायसी आम्दानीको कम्तीमा पनि २० प्रतिशत लागनी गर्ने गरेको ‘आइ विल टीच यु टु बी रिच’ नामक पुस्तकमा उल्लेख छ ।

अरुको जीवन बाँच्ने :धेरै मानिस आफ्नो भित्री इच्छा नै पत्ता लगाउन सक्दैनन् । आफ्नो भित्री चाहना पत्ता लगाए पनि सोही विषय सँग सम्बन्धित काम गर्दैनन् अरुकै इच्छा जिउने मानिस धनी बन्न सक्दैन तसर्थ आफ्नो इच्छा जुन क्षेत्रमा छ त्यही क्षेत्रमा काम गर्ने मानिस मात्र वास्तवमा धनी बन्न सक्छ यदि यो गल्ती नगर्ने हो भने धनी बन्न सक्दैन ।पहिले खर्च अनि मात्र बचत : धेरै मानिस आफ्नो आम्दानीबाट पहिले खर्च छुट्याउँछन् ।

अथवा खर्च गरेर बचेका मात्र बचतका रुपमा प्रयोग गर्छन् तर यो बानी नसुधार्ने मानिस धनी बन्न सक्दैन निश्चित आम्दानीबाट निश्चित रकम पहिले नै बचतका लागि छुट्याउने र बाँकी मात्र खर्च गर्ने मानिस नै वास्तवमा एक दिनको धनी मानिस हो कम्तीमा पनि आम्दानीको १० प्रतिशत बचत नगर्ने मानिस धनी बन्न सक्दैन ।धनी बन्न सकिन्न भन्ने सोचाई ; मानिसलाई धनी बन्न सबैभन्दा पहिले सोही मानिसको सोचाईले नै रोकेको हुन्छ धनी बन्न चाहने तर वास्तवमा धनी बन्न नसकेका धेरै मानिस ‘म धनी बन्न सक्दिन’ भन्ने हीन सोचाइबाबाट गुज्रिरहेका हुन्छन् सबैभन्दा यो सोचाइलाई जरैबाट निमूल गरेर प्रसास गरे धनी बन्न गाह्रो नभएको विश्वास सीबोल्डको छ ।

चुनौतीबाट भाग्ने :जो कोही पनि मानिसलाई कुनै न कुनै किसिमको समस्या परिरहेको हुन्छ तर समस्या तथा चुनौतीबाट भाग्ने मासिन वास्तवामा धनी बन्न सक्दैन हर चुनौतीलाई सकेसम्म सामाधान गर्न गर्दै जाने मानिस नै भविष्यको धनी मानिस हो ।चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्‍याउनुपर्छ अनि केही त्यस्ता गुप्त रहस्यहरु छन् जसलाई जीवनमा लागू गर्नुपर्छ । यी गुप्त रहस्यलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले महत्वपूर्ण मानिएका छन् । के छन् त त्यस्ता रहस्यः

पहिलो रहस्यः आफू धनी छु भन्ने विश्वास : साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ । धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ, धनीहरु जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्न सुरु गर्नुपर्छ । रहनसहन एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विश्वासमा ठूलो शक्ति हुन्छ । जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ । विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन । तर विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन । यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ ऊ सदैव दरिद्र ने रहन्छ । ऊ कहिल्यै पनि धनी हुन सक्दैन । यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

दोस्रो रहस्यः धन्यवाद दिने बानीको विकास : हरेक मानिस ईश्वरकहाँ माग्न जाने गर्छन् तर धन्यवाद कतिले दिन्छन् ? नगण्य मानिस मात्र त्यस्ता छन् जसले आफूले पाएको वा आफूसँग भएको कुनै पनि कुराका लागि ईश्वरलाई मनैदेखि धन्यवाद दिन्छन् । र त्यस्ता

व्यक्तिहरु सम्पन्न छन्, धनी छन् । जीवनमा आफूलाई जेजति कुरा प्राप्त भएको छ त्यसका लागि ईश्वर, प्रकृति वा कुनै पनि व्यक्तिलाई मनैदेखि धन्यवाद दिने व्यक्ति कृतज्ञ हुन्छ र उसलाई कहिल्यै पनि कुनै कुराको अभाव हुँदैन । धन्यवादमा ठूलो शक्ति हुन्छ । यसकारण प्रतिपल धन्यवाद दिनका लागि तयार रहनुपर्छ किनभने आगामी दिनमा त झन् अझ धेरै कुरा पाइने पक्कापक्की छ ।

तेस्रो रहस्यः ईश्वर, प्रकृति वा आकाशसँग माग्ने : ईश्वर, प्रकृति वा आकाशसँग मानिसलाई दिनका लागि धेरै कुरा छन् । तर, त्यो कुरा मानिसलाई तबसम्म प्राप्त हुँदैन जबसम्म उसमा कुनै पनि कुरा प्राप्त गर्नका लागि मनको भित्रैदेखि तीव्र चाहना उमि्रएको हुँदैन । तीव्र चाहना भयो भने मागेको कुरामा शक्ति भयो भने मात्र इच्छित वस्तु प्राप्त हुन्छ । सतही ढंगले गरिएको मागमा बल हुँदैन र त्यसबाट केही पनि प्राप्त हुँदैन ।

ईश्वर, प्रकृति वा आकाशसँग कुनै वस्तु मागेर पक्का पनि पाइन्छ भन्ने विश्वासका साथ पर्खन सकियो भने अवश्य पनि त्यो कुरा प्राप्त हुन्छ । निश्चित रुपमा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने एउटा चीज मागिसकेपछि त्यो प्राप्त नहुन्जेल अर्को वस्तु माग्नुहुँदैन अर्थात् माग वा इच्छा फेरिरहनुहुँदैन, एक पटकमा एउटै मात्र वस्तु माग्नुपर्छ ।चौथो नियमः वास्तुशास्त्रको नियम पालना :भनिन्छ, मानव जीवनमा तीन कुराको उत्तिकै र बराबरी महत्व छ-कर्म, वास्तु र भाग्य । यी ३ कुरामध्ये कुनै दुई कुरा मात्रै पनि प्राप्त भयो भने पनि जीवन सार्थक हुन्छ यहाँ प्रसंग वास्तुको छ तसर्थ त्यसकै कुरा गरौँ,

घरलाई वास्तुअनुसार निर्माण गर्नुपर्छ क्रोधको त्याग गर्नुपर्छ बैठक कोठामा परिवारको हाँसोयुक्त तस्बिर राख्नुपर्छ पूजास्थलमा धनवर्षा गरिरहेकी माता लक्ष्मीको फोटो राख्नुपर्छ । खाना जहिले पनि पूर्व वा उत्तरतर्फ फर्किएर खानुपर्छ ।घरको पैसा राख्ने ठाउँमा तामा, पित्तल वा चाँदीका सिक्का राख्नुपर्छ यसका साथै बेसारको चोइटो, पहेँलो कौडा, तामा वा चाँदीको सिक्का राख्नुपर्छ । घरलाई सुगन्धित बनाइराख्नुपर्छ खल्तीमा सदैव केही सिक्का राख्नुपर्छ प्रत्येक शनिबार पीपलमा जल चढाउने तथा सम्भव भएसम्म मंगलवारको व्रत बस्ने गर्दा धनी हुन समय लाग्दैन ।

पाँचौँ उपायः राति नोट गनेर मात्र सुत्ने : यो निकै प्रभावकारी उपाय हो यसका लागि १०, २०, ५०, १०० वा यसभन्दा माथि जतिको सकिन्छ त्यति नोटको एक गड्डी बनाइराख्नुपर्छ । प्रत्येक रात सुत्नुअघि त्यो नोटको गड्डीलाई गन्ने र निश्चित स्थानमा राखेर सुत्ने यस्तो कार्य कम्तीमा पनि ४५ दिनसम्म गर्ने । यसो गर्नाले जीवनमा कतै न कतैबाट धन प्राप्त हुन थाल्छ, सकारात्कताको विकास हुन्छ र पैसा कमाउने बुद्धि पलाउन थाल्छ । यो पनि :-

कुनै पनि व्यक्तिको जीवनमा राशिले ठुलाे महत्व लिएकाे हुन्छ । अहिले यस युगमा मानिसहरुले ज्योतिषशास्त्रमा अास्था राख्छन् । ज्योतिषशास्त्रले भविष्यवाणी मात्र हैन व्यवहारका बारेमा पनि जानकारी दिने गर्छ ज्योतिषशास्त्रले मानिसको कयौँ रहस्य खोलिदिने गर्छ ।यस विद्या मार्फत हामीले मानिसको गुण, दोष र यसको व्यक्तित्वका बारेमा पत्ता लगाउन सक्छछाै । आज हामी तपाईलाई केही राशिका बारेमा जानकारी दिदैछौँ । जो निकै रिसाह हुने गर्छनु। अझ भनौँ उनीहरुको रिस नाककै टुप्पोमा हुने गर्छ ।

जानौँ कुन कुन हुन् ती राशि मिथुन राशि: मिथुन राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ ।यिनीहरुलाई छिट्टै रिस उठ्ने र धेरैबेरसम्म रहने हुन्छ। यिनीहरुलाई एक पटक रिस उठ्यो भने छिट्टै शान्त हुँदैन्। यद्यपी यिनीहरुको रिसले अरुलाई नोक्सान गर्नुभन्दा पनि आफैलाई पीडा दिने गर्छन् ।सिंह राशि: सिंह राशिका व्यक्तिलाई निकै रिसाह मानिने गरिन्छ। यिनीहरुको रिस कहिलेकाही फुटेर बाढीले जसरी क्षति पुर्याउने गर्छ।त्यसैले यस राशिका व्यक्तिले आफ्नो रिसलाई काबुमा राखेर सावधानी पूर्वक काम गर्दा राम्रो मानिन्छ।यी राशिका व्यक्तिलाई सानो सानो कुरामा रिस उठ्ने गर्छ।

वृश्चिक राशि:वृश्चिक राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । तर यिनीहरुले आफ्नो रिसले अरुलाई नोक्सान पुर्याउँदैनन्। यिनीहरुलाई रिस उठ्यो भने यिनीहरु कसैसँग कुरा गर्दैनन् ।मकर राशि: मकर राशिका मानिस पनि निकै रिसाह हुने गर्छन्।यिनीहरुको रिस निकै चाडै उठ्ने गर्छ र रिसमा यिनीहरु के के गर्छन् आफैलाई थाहा हुँदैन। रिस उठेका बेला यी व्यक्तिका सामु रहनुभन्दा यिनीहरुलाई एक्लै छोडिदिनु वुद्धिमानी हुने गर्छ। कुम्भ राशि:कुम्भ राशिका व्यक्तिको रिस पनि निकै कडा हुने गर्छ। यिनीहरु आफ्नो भावना दोस्रो व्यक्तिलाई देखाउँदैनन्। यिनीहरु रिस उठेका बेला चुप रहन मन पराउँछन्।

यसैगरी सामान्यतयाः मानिसहरू कसैलाई पेच पर्नेगरी भन्नुपर्यो भने भन्छन् कि पैसा रूखहरूमा फल्दैन् ? तर यदि हामीले तपाईंलाई रूखहरूमा पैसा फल्छ भन्यौँ भने तपाईं विश्वास गर्नुहुन्छ ? वास्तुशास्त्रमा त्यस्ता रूख र बोटहरू बताइएको छ, जसले घरमा पैसा बढाउन सहयोग गर्छन । हो, शास्त्रमा त्यस्ता रूख र बोटहरूलाई सम्पन्नता र समृद्धिसँग सम्बन्धित छन् भनिएको छ ।आउनुहोस्, आज हामी तपाईंलाई ५ त्यस्ता रूख र बोटहरू बताउँदैछौं जसले तपाईंको घरमा पैसाको ओईरो लाग्नेछ ।

मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् । यसको दाखको बोट पनि धेरै सुन्दर देखिन्छ । साथसाथै यसले वातावरणलाई शुद्ध पार्ने पनि काम गर्दछ । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त ठानिन्छ ।यस दिशामा राख्दा यो राम्रो फल्छ र फुल्छ पनि ।घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी हुँदैन । तपाईको कुनै पनि कार्य पैसाको अभावका कारण रोक्ने अवस्था आउँदैन ।शमी रूख वस्तुको हिसाबले धेरै विशेष मानिन्छ । शमी रूख शंकरजीको सबैभन्दा प्रिय मानिन्छ । यस्तो विश्वास गरिन्छ कि घरमा शमी रूख रोप्नाले सम्पूर्ण गरिबी हटेर जान्छ ।

यो पनि पढ्नुहोस: घरमा झगडा हुनुको मुख्य कारण बन्ने गर्दछ यी ५ वास्तु दोष, नगर्नुहोस्…भगवान शिवलाई भूलेर पनि नचढाउनुहोस् यी ५ चिज, मानिन्छ निकै अशुभयो विश्वास गरिन्छ कि प्रत्येक सोमबार शिवलाई शमीको फूल र पातहरू चढाउँदा तपाईंको घरमा खुशी र समृद्धि आउँछ । तपाईं यसलाई पैंसाको रूख पनि भन्न सक्नुहुन्छ, किनकि यसले तपाईंको घरमा पैसाको बहार ल्याएर गरिबी हटाउँछ ।वास्तुशास्त्रमा, मनी ट्री भनिने बिरुवा आजकल धेरै लोकप्रिय भइरहेको छ । यसको मूल अमेरिकामा छ र यसलाई मनी रूखको रूपमा चिनिन्छ । यो बोट चिनियाँ फेङ्गशुई र वास्तुमा धेरै विशेष मानिन्छ । आजकल यो सजिलैसँग केही चयन गरिएका नर्सरीहरू वा अनलाइनमा उपलब्ध हुन सक्छ। तपाईको घरमा रोपेर तपाईले लाभ प्राप्त गर्न सक्नुहुनेछ।

वास्तवमा अश्वगन्धा बोटलाई एकदमै धनी मानिन्छ। घरमा अश्वगन्धाको रूख रोप्नाले सुख र समृद्धि आउँछ । यो औषधीको रूपमा पनि उपयोगी छ र यसका धेरै अन्य फाइदाहरू रहेका छन् । अश्वगन्धाका फूलहरूलाई पनि भगवानको पूजामा प्रयोग गर्ने गरिन्छ।श्वेटार्क दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ ।ख्याल गर्नुहोला कुनै सेतो पदार्थ निस्कने बिरुवा घरमा राख्नु हुँदैन । श्वेटार्क भनिने यो बोटलाई गणेशको प्रतीक मानिन्छ । यो उत्तम छ कि तपाईं यसलाई घरको सट्टा बार्दली वा बरान्डामा राख्नहोस् । यस कारणले गर्दा, घरमा सधैंका लागि शान्ति र खुशी रहन्छ ।