पल विरुद्ध योजना बनाएका दुर्गेशले अझै केही लुकाएका छन् ? अझै केही रेकर्डहरु बाहिर ल्याउलान् त पलको विरुद्धमा दुर्गेशले ?

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी परेपछि पल शाहले पनि केही अडियो सार्वजनिक गर्दै आफु विरुद्ध षडयन्त्र भएको बताएका थिए । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ । उनै दुर्गेशका साथी योगेश काजी प्रहरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सार्वजनिक गरेका हुन् । यसै गरी सोनीका रोकाए ले आफ्नो विचार राखेकी छिन ।