एमसीसीका कारण मतभेद बढेपछि प्रचण्ड पुगे नारायणकाजीलाई भेट्न उनको निवास हात्तीवन

काठमाडौं १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन् ।

अध्यक्ष प्रचण्ड श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका हुन् । एमसीसी संसदबाट पास भएपछि अशन्तुष्ट देखिएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि अस्विकार गर्दै आएका छन् ।

एमसीसीका कारण मतभेद बढेपछि प्रचण्ड नेता श्रेष्ठलाई भेठ्न उनकै निवास पुगेका हुन् ।