महाशिवरात्रिमा भगवान शिवलाई यस्तो वस्तु चढाउनु होस् मिल्ने छ खुसी

हिन्दु धर्ममा महाशिवरात्रिको ठूलो महत्व छ । शिवभक्तहरूले महाशिवरात्रिलाई ठूलो पर्वका रूपमा मनाउँछन्।महाशिवरात्रिको व्रत राख्नाले सबै पापबाट मुक्ति मिल्ने भनिएको छ । जो भक्त महादेवको भक्तिमा लीन भएर आजको दिन पूजा–आराधना गरी व्रत बस्छ, उसको सबै मनोकामना पूरा हुन्छ ।भगवान शिवलाई चाँडै प्रसन्न हुने देवता मध्ये एक मानिन्छ। तर शिव पुराणमा केही यस्ता फूलहरूको उल्लेख गरिएको छ, जसलाई भगवान शिवलाई चढाउँदा मनपर्ने फल प्राप्त हुन्छ ।जानौँ कुन फूलले देवताका देवता महादेवलाई प्रसन्न तुल्याउँछ र कुन फूल चढाउँदा शुभ फल प्राप्त हुन्छ ।

धतुरोको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ:धतुरो भगवान शिवलाई अति प्रिय छ। धतुरोको फल र फूलबिना भगवान शिवको पूजा अधुरो हुने जनविश्वास छ । भगवान शिवलाई धतुरोको फूल र फल चढाउँदा मानिसको दुःखबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । सन्तान चाहने दम्पतीले धतुराको फूल वा फल चढाएमा उनको मनोकामना छिट्टै पूरा हुने शिव पुराणमा उल्लेख छ । रातो र सेतो आकृतिको फूलले शिवको पूजा: शिव पुराणमा भनिएको छ कि भगवान शिवलाई रातो र सेतो आकृतिको फूल मन पर्छ। महाशिवरात्रिको दिन भगवान शिवको पूजा गर्न रातो वा सेतो आकृतिको फूल प्रयोग गरेमा मोक्ष प्राप्त हुन्छ।

भगवान शिवलाई चमेलीको फूल चढाउनुहोस्: शिव पुराणमा भनिएको छ कि यदि कोही व्यक्ति वाहन सुख प्राप्त गर्न चाहन्छ अर्थात् वाहन किन्न चाहन्छ भने उसले भगवान शिवलाई चमेलीको फूल चढाउनुपर्छ। चमेलीको फूल चढाउँदा जीवनमा सुख प्राप्त हुन्छ, वाहन सुख प्राप्त हुन्छ, यस्तो धार्मिक मान्यता रहेको छ । बेलपत्ताले शिवको पूजा गर्ने:बिहे नगर्नेले महाशिवरात्रिको दिन भगवान शिवको पूजा गर्ने भनिएको छ । शिवपुराणमा भनिएको छ कि यस दिन बेलाको फूल वा पातले भगवान शिवको पूजा गर्नाले उपयुक्त र समझदार जीवनसाथी प्राप्त हुन्छ। विवाह बलियो हुन्छ।

गुलाबको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ:गुलाबको फूल सबै देवताहरूलाई अति प्रिय छ। हरेक शुक्रबार लक्ष्मी मातालाई गुलाब अर्पण गर्नाले ऐश्वर्य र समृद्धि प्राप्त हुन्छ । भगवान शिवलाई गुलाबको फूल चढाउँदा व्यक्तिको स्वास्थ्य राम्रो हुनुका साथै दीर्घायु र सुखी जीवन प्राप्त हुने जनविश्वास रहेको छ । स्वस्थ शरीरको लागि महाशिवरात्रिको अवसरमा भगवान शिवलाई गुलाब पनि चढाउन सक्नुहुन्छ।

हरसिङ्गारले भगवान शिव को पूजा:महाशिवरात्रिको दिन हरसिङ्गार फूलले भगवान शिवको पूजा गर्नाले सुख, ऐश्वर्य प्राप्त हुन्छ । हरसिङ्गारको फूलले घरको वास्तु पनि ठीक हुने बताइन्छ । यसको सुगन्धले घरमा सकारात्मक उर्जा पनि ल्याइदिन्छ । साथै भगवान शिवको पूजामा दुर्वाको प्रयोग गरेमा मानिसको आयु बढ्छ । अलसीको फूलले शिवको पूजा गर्दा लाभ हुन्छ:शिव पुराणका अनुसार भगवान शिवको पूजामा अलसीको फूलको ठूलो महत्व छ । महाशिवरात्रिको दिन भक्तजनले भगवान शिवलाई अर्पण गर्नुपर्छ । पुराणमा भनिएको छ कि भगवान शिवलाई अलसी अर्पण गर्दा पापबाट मुक्ति मिल्छ र भगवान विष्णुलाई पनि त्यो व्यक्ति प्रिय लाग्छ । यस्तो व्यक्तिले मोक्ष प्राप्त गर्छ। यो पनि :-

हिन्दु धर्ममा विष्णु, महादेव, शक्ति जस्ता देवी-देवताको पूजा आराधना गरिन्छ, मन्दिरहरू बनाइन्छ । मुर्तीहरू बनाइन्छ । तर, ब्रह्मा भगवानको भने न मन्दिर बनाइन्छ, न त पूजा नै गरिन्छ ।आखिर किन त ?हिन्दु धर्मशास्त्रका अनुसार, आर्या अथवा वेदिक परम्पराका मानिसहरूले उनको पूजा आराधना गरेको इतिहासमा पाइन्छ । तर जब आर्या सभ्यताको अन्त्य भयो, वेदिक क्षेत्रीयहरूको पनि राज चल्न छोड्यो । फलतः उनीहरूका देवता ब्रह्माको समेत पूजा-आजा हुन कम हुन थाल्यो ।

तर, ब्रह्माको पूजा नहुनुमा यो मात्रै कारण हुन नसक्ने धर्मशास्त्रीहरू बताउँछन् । जबकि उनकै सहयात्री सरस्वतीको कति धेरै पूजा हुन्छ भने उनको नहुनुमा त पक्कै ठुलो कारण हुनुपर्ने उनीहरूको विश्वास छ ।पुराणका अनुसार त्रिमुर्ती भएर पनि पूजा नहुनुमा ब्रह्मा भगवानले श्राप पाएर हो भनेर पनि उल्लेख गरिएको छ ।वेदिक रितीअनुसार ब्राहमणलाई पनि धरतीका देवता भनेर उल्लेख गरिएको छ । तर, धार्मिक ग्रन्थमा त्यति धेरै उल्लेख गरिए तापनि उनीहरूको पूजा कतै पनि हुँदैन । ठ्याक्कै त्यसैगरी, सृष्टिकर्ता भए तापनि ब्रह्मा भगवानको पूजा नगरिएको पाउन सकिन्छ ।

यसैगरी यस्ता छन् हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारण, जतिसुकै ब्यस्त भएपनी एकपटक अवश्य पढ्नुहोला १.नमस्कारको चलन:हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन् । ती सबैलाई एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ । अनि कुनै शारीरिक सम्पर्क नभएकाले कीटाणु सर्ने पनि भएन ।

२. महिलाले गोडाका औंलामा औंठी लगाउने चलन:भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ ।सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।

३. नदीमा सिक्का फाल्ने चलन:नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो ।पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।

४. निधारमा ‘तिलक’ लगाउने चलन:निधारमा दुई आँखीभौंको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायुविन्दुका रूपमा लिइन्थ्यो । ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।आँखीभौंका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।

आँखीभौंको मध्यको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन् । यसले अनुहारका मांसपेशीमा रक्तप्रवाहलाई बढाउँछन् ।५. मन्दिरमा घन्टी राख्ने चलन:मन्दिरमा दर्शन गर्न आउने मानिसले गर्भगृह, भन्नाले मूर्ति राखेको ठाउँ, मा प्रवेश गर्नुअघि घन्टी बजाउँछन्, बजाउनुपर्छ । आगमशास्त्रका अनुसार घन्टीकोले पाप शक्तिहरूलाई भगाउँछ भने भगवानलाई घन्टीको आवाज सुमधुर लाग्छ । तर

यसको वैज्ञानिक कारणका बारेमा कुरा गर्नुपर्दा घन्टीको ध्वनिले हाम्रो मनलई सफा पारेर हामीलाई जागरुक बनाउन तथा भक्तिको उद्देश्यपूर्तिका लागि पूर्ण ध्यान दिन मद्दत गर्छ ।यी घन्टीहरू यसरी बनाइएका हुन्छन् कि तिनले ध्वनि निकाल्दा तीखो र लामो आवाज सुनिन्छ जुन प्रतिध्वनिको अवस्थामा कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ ।

यसले हाम्रो दिमागबाट सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ ।

६. मसलापछि मिठाइ खाने चलन:हाम्रो भोजन अलिक मसलादार खानेकुराबाट शुरु गरेर अन्त्य चाहिँ गुलियो खानेकुराबाट गर्नुपर्छ भनी हाम्रा पूर्खाले जोड दिएका छन् । यस्तो भोजन व्यवहारको महत्व भनेको मसलादार खानेकुराले पाचन रस र अम्लहरूलाई सक्रिय बनाउँछ र पाचन प्रक्रिया सुचारु चलोस् भनी सुनिश्चित गर्छ भने मिठाइ वा कार्बोहाइड्रेटले पाचन प्रक्रियालाई घटाउँछ । त्यसैले मिठाइ जहिलेपनि अन्तिम वस्तुका रूपमा ग्रहण गर्न सिफारिस गरिन्छ ।

७. हात र गोडामा मेहेन्दी/हीना लगाउने चलन:हातमा रंग लगाउनुका अलावा मेहेन्दी एक अत्यन्त शक्तिशाली औषधीय जडीबुटी हो । विवाह प्रक्रिया तनावयुक्त हुन्छन् र प्रायः तनावले टाउको दुख्ने र ज्वरो फुटाउने काम गर्छन् ।विवाहको दिन नजिकिँदै गर्दा उत्सुकताका साथ मिसिएको तनावयुक्त पर्खाइले दुलाहा र दुलही दुवैलाई असर पार्छ । मेहेन्दी लगाउँदा अत्यधिक तनावलाई रोकथाम गर्छ किनकि यसले शरीरलाई चिस्याउँछ र नसालाई तनावयुक्त हुन दिँदैन । यही कारणले गर्दा मेहेन्दी हात र गोडाहरूमा लगाइन्छ जहाँ शरीरका नसाका टुप्पाहरू विद्यमान हुन्छन् ।

८. भुइँमा बसेर खाने चलन:भुइँमा बसेर खाने यो परम्परा मात्र होइन । यसलाई त सुखासनमा बस्ने अनि खाने रूपमा लिइन्छ । सुखासन हामीले प्रायः योग आसनका लागि प्रयोग गर्छौं ।तपाईं भुइँमा बस्नुहुँदा प्रायः गोडा मारेर बस्नुहुन्छ : सुखासन वा अर्धपद्मासन । यी आसनले तत्कालै शान्तिको अनुभूति दिलाउँछन् र पाचनमा मद्दत पु¥याउँछन् । यिनले स्वतःस्फुर्त रूपमा पेटलाई पाचन प्रक्रियामा जानका लागि तपाईंको दिमागलाई संकेत दिन्छन् ।

९.उत्तरतर्फ टाउको फर्काएर सुत्नुहुन्न भन्ने विश्वास:भन्न त यसो गर्दा भूत वा मृत्युलाई डाक्ने काम हुन्छ भनिन्छ तर यसो किन गरिन्छ भने मानव शरीरको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ (जसलाई रक्तप्रवाहका कारण मुटुको चुम्बकीय क्षेत्र भनिन्छ) र पृथिवी एक विशाल चुम्बक हो । हामी उत्त।तिर टाउको फर्काएर सुत्दा हाम्रो शरीरको चुम्बकीय क्षेत्र पृथिवीको चुम्बकीय क्षेत्रसँग पटक्कै तालमेल खाँदैन ।

त्यसले रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ र हाम्रो मुटुले चुम्बकीय क्षेत्रहरूको यो बेमेलमाथि विजय पाउन बढी मेहनत गर्नुपर्ने हुन्छ । योबाहेक पनि हाम्रो शरीरमा बग्ने रगतमा उल्लेख्य मात्रामा फलाम पाइन्छ । अनि यसरी उत्तर फर्किएर सुत्दा शरीरभर फैलिएको फलाम दिमागमा जम्मा हुन थाल्छ । यसले टाउको दुख्ने, विस्मरण रोग लाग्ने, ज्ञानको घटी, पार्किन्सन रोग र दिमाग बिग्रदै जाने समस्या आउँछ ।

१०. कान छेड्ने चलन:कान छेड्नुको भारतवर्षीय संस्कारमा ठूलो महत्व छ । भारतीय चिकित्सक तथा दार्शनिकहरूले कान छेड्दा विद्वत्ता, सोच्ने शक्ति तथा निर्णय लिने क्षमताको विकासमा मद्दत गर्छ ।धेर बोल्दा जीवन ऊर्जा हराउँदै जान्छ । कान छेड्नाले बोली नियन्त्रणमा मद्दत पुग्छ । यसले अस्वाभाविक व्यवहार घटाउन मद्दत गर्छ र कानका च्यानलहरू विकारमुक्त हुन्छन् । यो विचारले पश्चिमी जगतलाई समेत आकर्षण गरेको छ, त्यसैले पश्चिमाहरू पनि फेसनकै लागि भएपनि सुन्दर इयररिङ लगाउनका लागि कान छेड्न थालेका छन् ।