महाशिवरात्रिमा महादेव मन्दिरमा भन्टाको भार बेचेरै मनग्गे आम्दानी

महोत्तरी, १७ फागुन-भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय आर्जन गर्नेे अवसर पनि भएको छ । पर्वमा बेलपत्र, धतुराको पूmल र फल तथा भन्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक÷एकवटा भन्टा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै गरिबले राम्रो आम्दानी गर्ने गरेका हुन् । बेलपत्र, धतुराको पूmल र फल आफैंले बिनामूल्य सङ्कलन गरेर ल्याइने भए पनि भार बनाउने भन्टाका लागि भने केही मूल्य दिनुपर्ने यी साना पूजा सामग्री पसलेको भनाइ छ ।

पर्वविशेषमा भन्टाको भार भाकल गरेका श्रद्धालुले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी गरेका छन् । जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भन्टाको भार बेचेर आपूmहरुले आज मध्यान्हभित्रै रु २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा–४ पलार बस्तीकी पल्टी सर्दार बाँतरले बताउनुभयो । भारमा दुईवटा भन्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वमा राम्रो रकम सञ्चय गर्न सकिएको उहाँको भनाइ छ ।

भन्टा उत्पादन गर्ने किसानले पनि अहिले पर्वका अवसरमा बजार पाएका छन् । भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाई नगरेपछि यसको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको हो । सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आपूmले लगातार भन्टाको भार बेच्दै आएको बताउने भङ्गाहा–४ का किसान सत्यनारायण यादवले यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको छ भन्नुभयो ।

सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस्भन्दै बितेको वर्ष भन्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्सेनि पर्वमा भन्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भन्टा उत्पादक किसान र भार बनाउने साना व्यापारी बताउँछन् । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भन्टा खान नहुने आम बुझाइ र स्वास्थ्यकर्मीले पनि सुझाउने गरेका छन् ।

पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सो मन्दिरमा भाकल चढाउन आउनु भएकी जिल्लाकै मनराशिस्वा नगरपालिकाको जाउख बस्तीकी चन्द्रकला देवीले बताउनुभयो । पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ््ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् ।

मेलामा खासगरि मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको

भनाइ छ । यस्तै महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको पूmल र फल बेचेर गरिब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् ।

भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुराको पूmल र फल शिवालयमा बेचेर यसपालीको महाशिवरात्रि पर्वमा रु १५ हजार कमाइएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी छिमेकको बस्ती अनकारकी १५ वर्षीया किशोरी अनारवती रायले बताउनुभयो । पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको पूmल र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् ।

  1. बेलपत्र, धतुराको पूmल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पवनकली सादाको भनाइ छ । जिल्लामा खासगरी गरिब समुदायबीच महाशिवरात्री पर्व आफ्नो पूँजी नलगाएरै केही आर्जन गर्न भण्टा भार, बेलपत्र, धतुराको फल र पूmल बेच्ने काम खास महत्वको हुने गरेको छ । भन्टाको भार बनाउन कप्टेरा र भन्टामा थोरै पूँजी लागेपनि बेलपत्र, धतुराको पूmल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेसा अँगालेकाको भनाइ छ ।