सभामुखलाई एमालेको प्रश्न : एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने होइन ?

काठमाडौं १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।

एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले विगतमा एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भनेको होइन भन्दै सभामुख माथि प्रश्न गरेका छन् ।

सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति पढ्दै उपमहासचिव ज्ञवालीले यस्तो प्रश्न गरेका हुन् । सभामुखले एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको होइन ?’ ज्ञवालीले भने ।

एमसीसीको विषयमा भ्रमको खेती गरेको बताएका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता र सुरक्षा निकायबीच भिडन्त गराएको आरोप समेत लगाएका छन् ।

दल विभाजनको भूमिका मुख्य भुमिका सभामुखले गरेको एमालेको दावी रहेको छ ।