जसपाका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती

काठमाडौं १७ फागुन । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ ।

पार्टीभित्र एकलौटी निणर्य गरेको भन्दै बाबुराम भट्टराई पक्षको दबाबका कारण्(ा अध्यक्ष यादवको अधिकार कटौती गरिएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्ष यादवको मात्र हस्ताक्षरलाई कटौती गरी हस्ताक्षरको अधिकार पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिइएको बताइएको छ ।

योसँगै अब पार्टीको कुनै पनि निर्णय यादव, भट्टराई र राईको नेतृत्वमा मात्र आधिकारिकता पाउने भएको छ ।