सिररियल ‘महादेव’ मा पार्वतीको भुमिकामा अभिनय गरेर चर्चामा आएकी सोनारिको आरोप दिनरात नभनि सिरियल खेलेको ७० लाख रुपैयाँ अझै पाएको छैन्

एजेन्सी -देवों के देव महादेव’ मा आफ्नो अभिनयले सबैलाई प्रभावित गरेकी नायिका सोनारिका भदोरियाले अहिले एउटा चकित पार्ने खुलासा गरेकी छन् । उनले आफ्नो एउटा शो ले अहिलेसम्म पैसा नदिएको आरोप लगाएकि छिन् । सोनारिकाले दास्तान९ए९मोहब्बत सिरियलमा काम गरेकी थिइन् । त्यो समयलाई उनी आफ्नो करियरको सबैभन्दा खराब समय मान्छिन् ।

नायिकाले यो शोमा काम गरेबापत कुनै पारिश्रमिक नपाएको बताइन् । यो कुरा भएको ३ वर्ष भइसक्यो । सोनारिका बाहेक अरु कलाकारहरु पनि ऋणी छन् । कलर्सबाट प्रसारण हुने कार्यक्रम दास्तान–ए–मोहब्बतमा शाहीर शेख र सोनारिका भदोरिया मुख्य भूमिकामा थिए ।अभिनेत्रीले यो शोमा काम गरेको ३ वर्ष भइसक्यो तर पैसा नपाएको बताइन् । सोनारिकाले यो शोका लागि जम्मा ७० लाख रुपैयाँ पारिश्रमिक पाउनु पर्ने रहेको छ ।

यसबाहेक अन्य प्राविधिक तथा कलाकार पनि छन् जसको शुल्क शोले तिरेको छैन । सोनारिका भदोरियाको कुरा गर्दा सन् २०१५ मा उनले तेलुगु फिल्म जादूगाडुमा पार्वती नामकी महिलाको भूमिका निभाएकी थिइन् । यस बाहेक उनी तमिल फिल्मको पनि हिस्सा बनेकी छिन् । हिन्दी फिल्मको कुरा गर्दा उनी सन् २०१६ मा सन्सैन नामक फिल्ममा देखिएकी थिइन् । यो एक डरलाग्दो फिल्म थियो। उनका हालका कामहरूमा टिभी कार्यक्रम इश्क मे मरजावा समावेश छ।