घरको अभिभावक दाइ नै जेल परेपछि पलकी बहिनि पुगिन हिरासतमा भेट्न (भिडियो सहित)

काठमाडौं :

अभिनेता पल शाह यतिबेला तनहुँको प्रहरी हिरासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो ।

किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्रहरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार प्रहरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्रहरी कार्यालयमा भि’ड भएको छ ।

पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए ।

म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए । आफुलाई प्रहरी इन्सपेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए । पलमा कुनै खालको हिनताबोध र निरासा आफुले नदेखेको गौतमले बताए । आफुलाई देखेर पल मुस्कुराएको उनले बताए ।

पलले आफुलाई प्रहरीले राम्रै ब्यवहार गरेको पनि बताए । पललाई अखबार पढ्न दिन आफुले प्रहरीसंग आग्रह गरेको गौतमले बताए । उनले कसलाई अधिवक्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए ।