कांग्रेसले भन्यो, ‘एमसीसी अनुमोदन गर्न एमालेको पनि समर्थन थियो’

काठमाडौ । लामो समयसम्मको रस्सा कस्सीकाबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको छ । अनुमोदन हुँदा सम्म एमालेले एमसीसीका बारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । एमालेले सभामुख अग्नी सापकोटाको राजिनामा माग राखेर संसद अवरुद्ध गर्दै आएको छ ।

तर नेपाली कांग्रेसले भने एमसीसीमा नेकपा एमालेको पनि समर्थन रहेको जनाएको छ । पार्टी मुख्यालय सानेपामा सोमवार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमसीसी संसद अनुमोदन गर्न एमालेको साथ रहेको बताएका हुन् ।

ुएमसीसीमा देखिएका भ्रमलाई चिर्दै संसदबाट हिजो अनुमोदन गर्ने निर्णय गर्‍यो। त्यो सम्झौताको सम्बन्धनमा सरकारले निर्णय गरी संसदमा व्यख्यात्मक घोषणा गर्‍यो। त्योसहित संसदले पारित गर्‍यो। यसमा विपक्षी दलको प्राविधिक कारण अन्य मुद्दाको कारण सहभागी नभए पनि उहाँहरुको सहयोग रह्यो, प्रवक्ता महतले भने।

एमालेको अवरोधकाबीच आइतवार एमसीसी सदनबाट अनुमोदन भएको हो। सदनमा केहीको बाहेक बहुमतले एमसीसी पारित भएको महतको भनाई थियो । ुसमग्रमा अपवादबाहेक सबैको सहयोगमा संसदमा एमसीसीलाई पास गरेको छ यसले देशमा रहेको भ्रम र अन्योलको माहोललाई समाप्त गरेको छ,ु महतले भने।