समीक्षा अधिकारीको नयाँ गीत ‘औँठी त दियौ तिमीले’ चर्चामा (भिडियो सहित)

गायिका समीक्षा अधिकारीको आवाजमा “औँठी त दियौ तिमीले” बोलको गीत रिलिज भएको छ । स्वरमा समीक्षालाई गायक ईश्वर मागियाले साथ दिएका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन् ।

भिडियोमा प्रनिमा दाहाल,सुयोग तामाङ,प्रेम लामा र रचना गौतमको अभिनय रहेको छ। अमृत सुनुवारले दृश्य कैद गरेको भिडियोको सम्पादन तथा रङ संयोजन माधव बेल्बासेको रहेको छ । भिडियोलाई ओे एस् आर बाट हेर्न सकिन्छ ।

यो पनि: नाबालिग कर णी आ’रोपमा उजुरी परेपछि प्रहरीले अभिनेता पल शाहलाई खोजिरहेको छ। गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरु’द्ध जाहेरी परेको हो। त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि अहिलेसम्म फेला परेका छैनन्।

प्रहरीमा जाहेरी दर्ता भएका दिन बुधबार साँझ काठमाडौंको ​ कीर्तिपुरमा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो थियो। तर उनी त्यहाँ गएनन्। त्यही दिनदेखि उनी हराए। देशभर सर्कुलर जारी गरेर प्रहरीले उनको खोजी ती’व्र पा’रेको छ।

बिहीबार बिहान अभिनेता पलले फेसबुकमा केही अडिओ सार्वजनिक गर्दै आफूलाई फ’सा’इ’एको दा’बी गरेर स्टाटस लेखेका थिए। तर उनको मोबाइल अफ छ। प्रहरीका अनुसार उनको मोबाइल अन्तिमपटक बुधबार राति साढे १० बजे बालकुमारीमा अन देखिए पनि त्यहाँ उनी भेटिएनन्। खोजी जारी रहेको प्रहरीले जनाएको छ ।