एमसीसी घोषणा पत्र ठगपत्र होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बहुमतले पारित भएको एमसीसी घोषणा पत्र ठगपत्र नभएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो संसदले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्नुपर्छ र उसले मान्छ भन्ने विषयमा दूतावासबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताएका हुन् ।

मसीसी सम्झौतालाई संसद्‍बाट व्याख्यात्मक घोषणासहित पारित गरे त्यसले कानुनी मान्यता पाउँछ भन्ने विज्ञहरुको सुझावपछि आफूले उक्त प्रस्तावलाई अगाडि बढाएको उनले बताएका छन् ।

बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले चार पृष्ठ लामो गोप्य पत्र उपायको रुपमा सुझाएका कारण आफुहरु यसमा दृढ भएको अगाडि बढेको अध्यक्ष प्रचण्डले बताएका छन् ।