एमसीसीले प्रचण्ड नेपालको अवसरवाद उदाङ्गो पार्यो : प्रदीप ज्ञवाली

काठमाडौं १६ फागुन । नेकपा एमालेका नेता तथा पुवपरराष्ट्र्र मन्त्री प्रदीप ज्ञवालीले अमेरीकी परियोजना एमसीसीले माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालकोअवसरवाद उदाङ्गो पारेको बताएका छन् ।

सोमबार कैलालीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो बताएका हुन् । सत्ताको लागि प्रचण्ड नेपाल जुन सुकै हद पार गर्न समेत तयार भएको एमसीसीले स्पष्ट पारेको उनको तर्क रहेको छ ।

प्रचण्ड , नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाको कारण आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन भएको उनले बताएका छन् ।

‘प्रचण्ड र नेपाल एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुहुन्न कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ’ उनले भने ।