के आमा बन्दैछन् ससुराल सिमरकी नायिका दीपिका कक्कड ? नायिकाले बताइन बास्तविकता

एजेन्सी- चर्चित टिभी ससुराल सिमरकी नायिका दीपिका कक्कड़ले शोएब इब्राहिमसँग २०१८ मा बिबाह बन्धनमा बाधिएकी थिइन् । यि दुई जोडीको भेट ससुरा सीमरकाको सेटमा भएको थियो । यहि समयबाट नै प्रेममा परेको यो जोडीले २०१८ मा बिबाहबन्धनमा बाधिएका हुन् ।

यसैबिच दीपिका आमा बन्न लागेको खबर बाहिर आएको छ । यसो त यस अघि पनि उनी आमा बन्न लागेको खबर बाहिर आएको थियो । तर दीपिकाले भने यो खबर झुट भएको बताएकी छन् । उनले यसका लागी अझै केही समय लाग्ने बताएकी छन् ।

दीपिका र शेएबले बिहे गरेको ३ वर्ष पुरा भएको छ । यो जोडीले सामाजिक संजालमा विभिन्न तस्विर सेयर गरिरहन्छन् । जुन तस्विरहरु फ्यानले अत्याधिक मन पराउछन् ।