एमसीसी सम्झौता इतिहास माथि फेरी अर्को मजाक: रञ्‍जित तामाङ्ग

नेकपा माओवादी केन्द्रका नेता रंजित तामाङ्गले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् । आइतबार ट्विटर र फेसबुकमार्फत नेता तामाङ्गले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका हुन् ।

अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष समेत रहेका तामाङ्गले आफ्नो कार्यकालमा एमसीसी विरुद्धको सडक आन्दोलनको नेतृत्व गरेका थिए । उनले एमसीसी सम्झौता नेपाली इतिहास फेरी अर्को मजाक हुने बताएका छन् । उनले देश माथिका मजाकको सुची नै बनाएका छन् । सुगौली सन्धी, नेपाल भारत शान्ति तथा मैत्री सन्धी, महाकाली सन्धि को निरन्तरताको रुपमा एमसीसी इतिहास माथि मजाक भएको उनले उल्लेख गरेका छन् ।

नारायणकाजी श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका नेताहरू लीलामणि पोखरेल‚ देव गुरुङ‚ कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल लगायत नेताले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता गर्ने निर्णयमा असहमति जनाएको स्रोतले जानकारी दिएको छ ।