अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आग्रह

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

शाहमाथि अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । पल आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।