क्रान्तिकारी पार्टीले चाहिँ आत्मसमर्पण गर्दा पनि, क्रान्तिकारी आत्मसमर्पण हुन्छ ! – नेकपा एस प्रति नेता रिजाल’को व्यङ्ग्य

काठमाडौं, नेकपा (एमाले)का नेता तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले क्रान्तिकारी पार्टीले आत्म समर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्म समर्पण हुने भन्दै एमसीसीको पक्षमा जाने माओवादी केन्द्र र नेकपा (एस)को निर्णय प्रति व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘क्रान्तिकारी पार्टीका हरेक निर्णयलाई क्रान्तिकारी मान्नुपर्छ । क्रान्तिकारी पार्टीले आत्मसमर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्मसमर्पण हुन्छ । बबण्डर मच्चाएर, कार्यकर्ताका टाउका फुटाएर अन्ततस् एमसीसी स्वीकार गर्ने पुराना र नयॉ ‘जोगी’हरूको निर्णयलाई यसै रूपमा लिंदा हुन्छ ।’